BIZMANDU
www.bizmandu.com

नेपाल बैंकले निक्षेप बढाए अनुसार ब्यापार बृद्धि गर्न सकेन, नाफा ३६% ले खुम्चियो, इपिएस घट्यो

२०७६ कात्तिक २२

नेपाल बैंकले निक्षेप बढाए अनुसार ब्यापार बृद्धि गर्न सकेन, नाफा ३६% ले खुम्चियो, इपिएस घट्यो
नेपाल बैंकले निक्षेप बढाए अनुसार ब्यापार बृद्धि गर्न सकेन, नाफा ३६% ले खुम्चियो, इपिएस घट्यो


काठमाडौं। नेपाल बैंकले निक्षप संकलन गरे अनुसार ऋण विस्तार गर्न नसक्दा व्याज खर्च बढेको छ। व्याज आम्दानीको तुलनामा व्याज खर्च अधिक हुँदा बैंकको नाफा ३६.३३ प्रतिशतले खुम्चिएको छ। 

Tata
GBIME
Nepal Life

तीन महिनाको अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा ९१ करोड ३८ लाख रुपैयाँ नाफा थियो। 

व्याज आम्दानीको तुलनामा व्याज खर्च अधिक हुँदा बैंकको खुद व्याज आम्दानी २.९९ प्रतिशतले घटेको छ। तीन महिनाको अवधिमा यस्तो आम्दानी एक अर्ब ३२ करोड रुपैयाँ छ। बैंकको व्याज आम्दानी २६ प्रतिशतले बढ्द व्याज खर्च भने ७१ प्रतिशतले बढेको छ। 

जवकी एक वर्षको अवधिमा बैंकको निक्षेप संकलन २२ प्रतिशतले बढेको छ भने ऋण लगानी १७ प्रतिशतले मात्रै बढेको छ। 

पहिलो त्रैमाशिक अवधिमा एक खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ६५ करोड रुपैयाँ रुपैयाँ ऋण लगानी गरेको छ। 

गत वर्षको यही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। 

चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब २५ करोड रुपैयाँ छ। बैंकको जम्मा पूँजीकोष २९ अर्ब ४१ करोड रुपैयाँ छ। 

पूँजी कोष अनुपात २३.९२ प्रतिशतबाट १८.०१ प्रतिशतमा झारेको देखिन्छ। त्यस्तै खराव कर्जा समान्य सुधार भइ २.७५ प्रतिशतमा झारेको छ। निक्षेपको खर्च बढ्दा स्रोत लागत ३.८४ प्रतिशतबाट बढेर ५.२२ प्रतिशत पुगेको छ। 

आधार व्याजदर ७.५२ प्रतिशतबाट बढेर ७.८४ प्रतिशत पुगेको छ। स्प्रेडदर केहि घटाएर ४.४७ मा झारेको छ। प्रतिशेयर आम्दानी ३७ रुपैयाँबाट खुम्चिएर २३ रुपैयाँ छ।