BIZMANDU
www.bizmandu.com

सनराइज बैंकको नाफा ३७% ले बढ्दा प्रति शेयर आम्दानीमा सुधार, ४५ करोड ४३ लाख रुपैयाँ नाफा

२०७६ कात्तिक २२

सनराइज बैंकको नाफा ३७% ले बढ्दा प्रति शेयर आम्दानीमा सुधार, ४५ करोड ४३ लाख रुपैयाँ नाफा
सनराइज बैंकको नाफा ३७% ले बढ्दा प्रति शेयर आम्दानीमा सुधार, ४५ करोड ४३ लाख रुपैयाँ नाफा

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्ष यही अवधिको तुलनामा ३७.०६ प्रतिशतले नाफा बढाएको हो।

खुद व्याज आम्दानी ३३ प्रतिशतले सुधार भएर एक अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी ८१ करोड १८ लाख रुपैयाँ थियो। तुलनात्मक रुपमा व्याज खर्चमा केहि कमी हुँदा नाफा बढाउन सफल भएको हो। बैंकको व्याज आम्दानी १५ प्रतिशतले बृद्धि हुँदा व्याज खर्च भने ५.८३ प्रतिशतले मात्रै बढेको छ। 

सर्वसाधारणबाट ७७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। तीन महिनाको अवधिमा निक्षेप संकलन ३.२६ प्रतिशतले बढ्दा ऋण लगानी भने ५.३७ प्रतिशतले बढेको छ। 

बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब ९४ करोड रुपैयाँ जम्मा गरेको छ। कर्जा विस्तारसँगै पूँजीकोष अनुपात १२.९९ प्रतिशतबाट १२.७५ प्रतिशतमा झरेको छ। खराव कर्जा १.१२ प्रतिशतबाट बढेर १.२७ प्रतिशतमा पुगेको छ। 

निक्षेपको व्याजदर घट्दा कष्ट अफ फण्ड (स्रोत लागत) ७.७० प्रतिशतबाट ७.१२ प्रतिशतमा झरेको छ। साथै आधार व्याजदर पनि १०.९७ प्रतिशतबाट सिङ्गल डिजिट ९.९७ प्रतिशतमा झारेको छ। 

स्प्रेड दर झिनो प्रतिशत विन्दुले घटेर नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप ४.५ प्रतिशत कायम गरेको छ। प्रतिशेयर आम्दानी एक वर्षको अवधिमा १६ रुपैयाँबाट बढेर २२ रुपैयाँ पुगेको छ।