BIZMANDU
www.bizmandu.com

म्युचुअल फण्डको दूर्दशाः एक अर्ब ७ करोड नोक्सानमा, बजार सुधार नहुँदा घाटा चुलियो

२०७६ कात्तिक २२

म्युचुअल फण्डको दूर्दशाः एक अर्ब ७ करोड नोक्सानमा, बजार सुधार नहुँदा घाटा चुलियो
म्युचुअल फण्डको दूर्दशाः एक अर्ब ७ करोड नोक्सानमा, बजार सुधार नहुँदा घाटा चुलियो


Tata
GBIME
Nepal Life

काठमाडौं। दोस्रो बजारमा लगानी गर्ने म्युचुअल फण्ड थप नोक्सानमा देखिन थालेका छन्। सूचिकृत १७ वटा म्युचुअल फण्डमध्ये १६ वटाको नोक्सान अझ चुलिएको छ। 

असोज महिनाको न्याभ रिपोर्ट अनुसार म्युचुअल फण्डको नोक्सान एक अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

बजार लगातार घट्दा फण्डहरु लगानी नगरी बैंक निक्षेपबाट खर्च व्यवस्थापन गरेर बस्न थालेका छन्। दोस्रो बजारमा सूचिकृत कम्पनीमा १८ वटा फण्डले ८ अर्ब १३ करोड रुपैयाँको लगानी गरेका छन्। अघिल्लो महिनामा ८ अर्ब १५ करोड रुपैयाँ थियो। 

भदौ महिनामा फण्डहरुसँग चार अर्ब ४६ करोड रुपैयाँ निक्षेप थियो। एक महिनामा निक्षेप घटेर चार अर्ब ४० करोड रुपैयाँमा झरेको छ। 

एकातिर दोस्रो बजारमा हुने लगानी घट्ने अर्को तर्फ बैंक निक्षेप घट्नुले फण्डहरु लगानी व्यवस्थापनभन्दा कार्यालय सञ्चालन गरेर बसिरहेका छन्। दोस्रो बजार लगातार घटिरहँदा फण्डहरु नोक्सानमा देखिनु स्वभाविक हो। तर राम्रा कम्पनी छानेर उचित व्यवस्थापनमा भने चुकिरहेका छन्। 

शेयरमा गरिएको लगानीको मूल्य घट्दा १५ वटा म्युचुअल फण्डको न्याभ भ्यालु आधार मूल्यभन्दा तल छ। एनआईसी एशिया व्यालेन्स फण्ड, एनएमबी सुलभ इन्भेष्टमेन्ट र सिटिजन म्युचुअल फण्ड-१ को न्याभ भ्यालु १० रुपैयाँभन्दा केहि माथि छ। 

दोस्र बजारबाट उचित लाभ लिन नसक्दा घाटामा रहेका फण्डहरुको दोस्रो बजारमा आधार मूल्य भन्दा तलमा कारोबार भैरहेको छ। कुनै पनि फण्डको मूल्य १० रुपैयाँ छैन। लक्ष्मी इक्विटी फण्डको मूल्य ६.६७ रुपैयाँ छ। अधिकतम मूल्य रहेको एनआइविएल समृद्धि फण्डको ९.६१ रुपैयाँ छ। 

न्याभ भ्यालु आधार मूल्यभन्दा कम र दोस्रो बजारमा राम्रो मूल्य नपाउने अवस्थाले केहि फण्डहरुले निष्काशन गरेको इकाईमा लगानीकर्ताको आकर्षण देखिँदैन। 

फण्ड व्यवस्थापन खर्च उच्च
८ अर्ब १३ करोड रुपैयाँको शेयर व्यवस्थापन गरिरहेका फण्डहरुको व्यवस्थापन खर्च मात्रै ८ करोड रुपैयाँ रहेको छ। 

कुल खर्च भने ९ करोड ४६ लाख रुपैयाँ भएको छ। आम्दानी ९७ करोड १३ लाख रुपैयाँ ऋणात्मक छ। बैंक निक्षेपबाट व्याज आम्दानी २३ करोड ८७ लाख रुपैयाँ भएको देखिन्छ। 

म्युचुलअ फण्ड (रु. हजारमा)

न्याभ भ्यालु

नाफा/नोक्सान

शेयरमा लगानी

बैंक निक्षेप

Laxmi Value Fund 1

9.54

-114086.06

227646.73

201919.70

Siddhartha Investment Growth

9.85

-18343.39

457529.29

570988.62

Laxmi Equity Fund

8.35

-293141.64

811288.80

151950.44

Siddhartha Equity Fund

9.70

-65968.93

990771.64

248580.09

NIC Asia Growth Fund

9.65

-30928.70

511679.18

165538.66

NIC Asia Balanced Fund

10.04

2861.40

78595.89

579049.58

NIBL Samriddhi Fund 1

9.44

-60671.65

678570.04

136450.93

Global IME Samunnat

8.07

-259332.66

743456.97

9597.56

NIBL Pragati Fund

7.63

-48872.01

518713.25

52432.47

NIBL Sahabhagita Fund

9.92

-686.97

46155.61

134939.51

NMB Sulav Investment

10.64

12020.70

10173.26

582377.84

NMB Hybrid Fund L-1

9.84

-14962.50

389358.99

287068.26

Nabil Equity Fund

8.59

-54033.52

634539.44

202729.32

Sanima Equity Fund

9.59

-57011.84

758766.00

307536.02

Citizens Mutual Fund 1

10.39

-28204.42

692470.02

76500.94

Nabil Balance Fund -2

9.96

-9124.14

274038.06

584320.58

Citizens Mutual Fund 2

9.38

-31286.77

309568.76

116169.96

जम्मा

 

-1071773.11

8133321.93

4408150.48