BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकको शेयरले बढायो कारोबार, सूचक घट्ने क्रम रोकिएन, कारोबार ३७ करोड नाघ्यो

२०७६ कात्तिक २१


काठमाडौं। साताको अन्तिम दिन पनि सूचक घट्ने क्रम रोकिएन। सातामा १४.२ अंकले घटेको छ।

Tata
GBIME
Nepal Life

मर्जरको प्रक्रियाले छ महिनादेखि कारोबार रोक्का रहेको एनएमबी बैंकको कारोबारले समग्र कारोबारमै टेवा पुर्याएको छ। बिहीबार ३७ करोड ४१ लाख रुपैयाँको कारोबार हुँदा एनएमबी बैंकको मात्रै ११ करोड २६ लाख रुपैयाँको खरिद बिक्री भएको छ।

नेप्से सूचक ६.०५ अंकले घटेर ११३१.९६ मा रोकिएको छ। व्यापार, निर्जीवन र म्युचुअल फण्डको सूचकमा सामान्य सुधारदेखिए पनि बाँकी सूचक घटेका छन्।

एनएमबीपछि सबैभन्दा धेरै प्रभु बैंकको ५ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनको शेयर बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ।

पछिल्ला दिनमा कम्पनीको शेयर लगातार बढिरहेको छ। कम्पनीको शेयर मूल्य अहिलेसम्मकै अधिकतम ७९५ रुपैयाँ पुगेको छ।

कुल बजार पुँजीकरण १४ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको छ। सूचकमा आएको गिरावटसँगै शेयरधनीहरुले अर्बौ रुपैयाँ गुमाइरहेका छन्।