BIZMANDU
www.bizmandu.com

भारतीय अर्थतन्त्र सुस्त भएपनि बजारमा उछाल कायमै, लगानीकर्ताहरु किन उत्साहित छन्?

२०७६ कात्तिक २१

Tata
GBIME
Nepal Life

भारतको अर्थतन्त्र सुस्त गतिमा चलिरहेपनि बम्बे स्टक एक्सचेन्ज बिएसइको सूचक भने रेकर्ड स्तरको उचाईमा पुगेको छ। यसले शेयर बजारप्रति लगानीकर्ताहरु आशावादी रहेको संकेत दिएको छ।

सरकारले  गतिलै राहत प्याकेज ल्याउन सक्ने संभावनाका बीच बुधबार सेन्सेक्स ४० हजार ४६९ अंकको उचाईमा पुग्यो । बिहीबार पनि बजारले ४० हजार ६ सय ४१ अंकको उचाई बनाउन सफल भयो।  यसबाट लगानीकर्ताहरु सरकारी राहत प्याकेजले देशको अर्थतन्त्रमा तीब्रता आउने तर्फ निश्चिन्त रहेको देखिन्छ ।

गत अक्टोबरमा उत्पादन क्षेत्रको पिएमआई दुई वर्षकै सबैभन्दा तल्लो स्तरमा पुग्यो। यस्तै सेप्टेम्बरको सेवा क्षेत्रको पिएमआई १९ महिनाकै निम्न बिन्दूसम्म पुगेको थियो। गाडीहरुको माग केही बढेको बेला अटो कम्पनीहरुको शेयरमा केही बृद्धि देखिएपनि हाल अटो कम्पनीहरुको शेयरपनि झरेको छ।

तर यति हुँदाहुँदै पनि सेन्सेक्स र निफ्टी जस्ता शेयर बजारका प्रमुख सूचकहरुमा बृद्धि देखिएको छ।

विज्ञहरुका अनुसार कमजोर आर्थिक अवस्थाका बावजुद पनि बजारमा तीब्रता छ। सरकारले राहतको प्याकेज ल्याउने र त्यसको अर्थतन्त्रको सुस्तता हट्नेमा लगानीकर्ता आशावादी भएकैले शेयर बजारमा रेकर्ड स्तरको उचाई बनेको बिज्ञहरु बताउँछन्।

यसअघि सरकारले पछिल्लो तीन वर्षको आर्थिक वर्ष हेर्दा अर्थव्ययवस्थामा सुस्तता आइसकेको देखिन्छ।

अर्थव्यवस्थालाई सुस्तताबाट बाहिर निकाल्न सकारको तर्फबाट प्याकेज जरुरी हुन्छ। विद्यमान सुस्ती हटाउन सरकारले बिभिन्न प्याकेजहरुको घोषणाहरु पनि क्रमिक रुपमा गरिरहेको छ। उसले कर्पोरेट ट्याक्सको दरमा कमी ल्याएको छ भने अन्य उपायहरु पनि ल्याउने तयारी गरिरहेको छ।

बुधबार मात्रै अर्थमन्त्री निर्मला सीतारणमले रियल स्टेट सेक्टरमा २५००० करोड रुपैयाँको राहत फन्ड घोषणा गरिन्।
उनले आर्थिक सुधारको नयाँ  चरण सुरु गर्नेर् बताइसकेकी छन् । अर्थमन्त्रीको यही टिप्पणीपछि लगानीकर्ताहरु सरकारप्रति आशावादी देखिएका हुन्।