BIZMANDU
www.bizmandu.com

गुराँस र नयाँ नेपाल लघुबित्तले लाभांश घोषणा गरे, गुराँसले १३% र नयाँ नेपालले २०% बोनस शेयर दिने

२०७६ कात्तिक २०

Tata
GBIME
Nepal Life

काठमाडौं।गुराँस लघु वित्त वित्तीय संस्था र नयाँ नेपाल लघुबित्त संस्थाले लाभांश घोषणा गरेका छन्।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३.१० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। मङ्गलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो।

कम्पनीले प्रस्ताव गरेको लाभांशमा लाग्ने कर भने शेयरधनीले नै बुझाउनु पर्ने छ। प्रस्तावित लाभांश भने साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।

नयाँ नेपाल लघु वित्त वित्तीय संस्थाले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा संस्थाले २० प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनकालागि संस्थाले छुट्टै १.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

संस्थाले गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।