BIZMANDU
www.bizmandu.com

शिवराज श्रेष्ठको बर्खास्ती प्रकृया सुरुसँगै डेपुटी गभर्नर को बन्ने चर्चा, दुई बलिया उमेद्वार

२०७६ कात्तिक १९

शिवराज श्रेष्ठको बर्खास्ती प्रकृया सुरुसँगै डेपुटी गभर्नर को बन्ने चर्चा, दुई बलिया उमेद्वार
शिवराज श्रेष्ठको बर्खास्ती प्रकृया सुरुसँगै डेपुटी गभर्नर को बन्ने चर्चा, दुई बलिया उमेद्वार

Tata
GBIME
Nepal Life

काठमाडौं। शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने प्रकृया सुरु भएपछि नेपाल राष्ट्र बैंकभित्र र बाहिर अबको डेपुटी गभर्नर को बन्ला भन्ने चर्चा सुरु भएको छ। 

श्रेष्ठमाथि छानबिन गर्न अहिले समिति बनेको छ र समितिले एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने छ। बर्खास्त गर्ने अभिप्रायले छानबिन सुरु भएकाले नयाँ डेपुटी गभर्नरका बारेमा चर्चा सुरु भएको हो।

नयाँ बन्ने डेपुटी गभर्नरले बाँकी कार्यकाल काम गर्न पाउँछन्। त्यो भनेको डेढ बर्ष हो। डेढ बर्षका लागि डेपुटी गभर्नर बन्न कतिपयले चासो देखाएका छैनन् भने केहीले भने रुची राखेका छन्।

सरकारको प्राथमिकता बरिष्ठ कार्यकारी निर्देशक हुनेछन्। एक जना डेपुटी गभर्नर नियुक्त गर्न गभर्नरले दुई जनाको नाम सीफारिस गर्नु पर्छ। अहिले बरिष्ठ कार्यकारी निर्देशकका रुपमा मुद्रा ब्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौला छन्। 

तर बरिष्टबाट डेपुटी गभर्नर बनाउनै पर्छ भन्ने छैन। त्यसो हुँदा १७ जना कार्यकारी निर्देशकहरु डेपुटी गभर्नर बन्न योग्य छन्। तर पूर्व एमाले र माओवादी मिलेर नेकपा बनेको हुँदा भावी गभर्नरलाई ख्याल राख्दै अहिले डेपुटी गभर्नर नियुक्ति गरिने छ।

प्रदेश ५ सरकारको योजना आयोगका उपाध्यक्ष भइसकेका डा. प्रकाशकुमार श्रेष्ठ पनि डेपुटी गभर्नरका बलिया उमेद्वार हुन्। अहिले डेढ बर्ष खानेकी अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी अवकाश भएपछि पाँच बर्षकै लागि खाने भन्ने प्रश्न प्रकाशमाथि छ। किनभने डेपुटी गभर्नरको रोजाइमा बर्तमान सरकारको पहिलो रोजाइ प्रकाश नै हुन्। 

देवकुमार ढकाल पनि बलियो उमेद्वार हुन्। बामपन्थी राजनिति गरेका उनी शिवाकोटीका 'क्लासमेट' पनि हुन्। शिवाकोटीको क्लासमेट भएकै कारण उनले पाउने संभावना हुँदैन तर बामपन्थी राजनीति गरेका कारण उनी पनि नेकपा नेतृत्वको आँखामा पर्न सक्छन्। उनी अहिले नियमन विभाग प्रमुख छन्।

अर्थमन्त्री डा. युवराज खतिवडा निकटहरुका अनुसार, उनी निरौलालाई डेपुटी गभर्नर बनाउन चाहन्छन्। राष्ट्र बैंकको गभर्नर हुँदा निरौलाले उनलाई 'व्यवसायिक रुपमै' सघाएका थिए। निरौला सुपरिवेक्षणदेखि नियमन विभाग प्रमुखसम्म भएका थिए।

यदि सरकारको चाहना अनुसार नै चलेमा निरौला डेपुटी गभर्नर हुँदै गभर्नरका लागि पनि बलियो उमेद्वार हुने छन्।