BIZMANDU
www.bizmandu.com

इसेवाको चाडपर्व लक्षित योजनाको वम्पर उपहार मकवानपुरका लेखनाथले जिते, पाए यामाहाको वाइक

२०७६ कात्तिक १९

इसेवाको चाडपर्व लक्षित योजनाको वम्पर उपहार मकवानपुरका लेखनाथले जिते, पाए यामाहाको वाइक
इसेवाको चाडपर्व लक्षित योजनाको वम्पर उपहार मकवानपुरका लेखनाथले जिते, पाए यामाहाको वाइक

Tata
GBIME

काठमाडौं। इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका बिजेता सार्बजनिक गरेको छ।

यो योजनामा बम्पर उपहारमा मकवानपुरका लेखनाथ पौडेलले यामाहाको एफ जेड एस एफ आइ भि थ्रि मोटरसाइकल जित्न सफल भएका छन्। अर्को बम्पर उपहारमा काठमाडौ रामकोटका किरण घलेले एक साताको लागि एक जोडीलाई दुवई ट्रिप जित्न सफल भएका छन्।
यो योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन्।

६ हप्तासम्म सञ्चालन भएको योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्दै आएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए।

यसैगरी उपहार योजनाभर  युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग ६ जनाले तथा ओयो रूम ६ जनाले जित्न सफल भए।

कम्पनीका अनुसार क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टि भाइरस १२ जनाका दरले जित्न सफल भए।  कम्पनीले सिजीका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भए।