BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले खुल्ला गल्फ आयोजन गर्दै, शनिवार गोकर्णमा

२०७६ कात्तिक १९

लक्ष्मी बैंकले खुल्ला गल्फ आयोजन गर्दै, शनिवार गोकर्णमा
लक्ष्मी बैंकले खुल्ला गल्फ आयोजन गर्दै, शनिवार गोकर्णमा


काठमाडौं। लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरीएको गोकर्ण गोल्फ क्लबमा “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९” सञ्चालन गर्ने भएको छ। बैकले आगामी शनिबार आयोजना गर्न लागेको हो। 

Tata
GBIME

बैंकले २०१४ देखि गर्दै आएको बार्षिक प्रतियोगिताको यो छैटौं संस्करण हो। 

प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३÷४ ह्यान्डिक्यापमा खेलिने छ। १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ। 

पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमाप्रदान गरिनेछ। 

यसबाहेक, १०औं होलमा होल(इन(वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने छ।