BIZMANDU
www.bizmandu.com

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व बहन, गल्छी शाखाले रक्तदान आयोजना गर्यो

२०७६ कात्तिक १८

Tata
GBIME
Nepal Life

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले धादिङको गल्छीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा बैंकको गल्छी शाखाले रक्तदान कार्यक्रम गरेको जनाएको छ।

बैंकका अनुसार जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

बैंकले दुर्घटना, रक्तश्राव, प्रसुती शल्यक्रिया लगायतका बिभिन्न जोखिमयुक्त अवस्थामा आवश्यक पर्ने रगतको अभाव भैरहने भएकाले आवश्यक रगतको जोहो गर्न रक्तदानमा कार्यक्रम गरेको जनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत  बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ।