BIZMANDU
www.bizmandu.com

पिच उप्किएको सडकमा सतह मिलाएर पुन: चिल्याउन मेसिन किनिँदै, यसरी अग्लो हुँदैन सडक

२०७६ कात्तिक १७


काठमाडौं। सडक विभागले कालोपत्रे (पीच) रिसाईकल गर्ने 'असफाल्ट रिसाईकल मेसिन' ल्याउने तयारी थालेको छ। 

Tata
GBIME
Nepal Life

विभागका महानिर्देशक केशवकुमार शर्माले चालु बर्षभित्रै खरिद गरेर मेसिन ल्याउने तयारी भैरहेको जानकारी दिए। अहिले विभागले कस्तो खालको मेसिन उपयुक्त हुन्छ भनेर अध्ययन गरिरहेको छ। कुन मेसिन किन्ने भने छिट्टै निर्णय हुने शर्माले बताए। 

उनका अनुसार यो मेसिनको २०/२५ करोड रुपैयाँ पर्छ। 'खाल्डा खुल्डी पर्दैमा र अलि अलि उप्किदैनमा गरिएको पीच पुर्ण रुपमा नष्ट हुदैन' शर्माले भने 'त्यसलाई फेरि खनेर ४० प्रतिशत नयाँ गिटी र विटुमिन थप्दा फेरि नयाँ पीच जत्तिकै बलियो हुन्छ। यो काम गर्न नयाँ मेसिन ल्याउन खोजिएको हो।'
 
त्यसैगरी सडक मर्मत गर्दा र खाल्डाखुल्डी पुर्दा हुने गरेका त्रुटीका कारण सडकको कालोपत्रेको तह बर्षेनी बाक्लिदै गएको छ। राजधानीका मुख्य सडकको कालोपत्रेको तह फुटपाथभन्दा अग्लो हुन थालिसकेका छन्। मर्मत गर्ने अत्यन्त पुरानो सतहमा कालोपत्रे थप्ने प्रक्रिया बारम्बार दोहोर्याईरहदा यस्तो भएको हो। 

माग अनुसार बर्षेनी खाल्डा खुल्डी पुर्ने र कालोपत्रेको तह थप्ने (सर्फेस ड्रेसिङ) गरिरहँदा यस्तो समस्या आएको हो। जसले सडकको पानी घरभित्र छिर्ने तथा दुर्घटनाको जोखिम समेत बढाएको छ।

ठूला र शक्तिशाली मानिने राष्ट्रहरुले सडकको सतह नबढाई कालोपत्रे गर्छन्। सतह बढे मेसिनले पेलेर त्यहि मेटेरियलक प्रयोग गर्दै पुन कालोपत्रे गर्ने गरेका छन्। नेपालमा यस्तो प्रविधि थिएन।  

अब भने नेपालका सडकको पनि बर्षेनी सतह नबढाई निर्माण हुने शर्माको दाबी छ। बर्षेनी तह थप्नेभन्दा यो विधी अत्यन्त महङगो पर्छ। धेरै गुणा महङगो पर्न आउँछ। यो प्रविधि प्रयोग गर्न सकिए सडकहरु चिल्ला र राम्रा देखिन्छन्।