BIZMANDU
www.bizmandu.com

सोसल साइटले नघटेको एसएमएस क्रेज, तिहारमा टेलिकमबाट मात्रै ७० लाख एसएमएस गयो

२०७६ कात्तिक १५

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमका जिएसएम मोबाईल प्रयोगकर्ताले यो बर्षको तिहारमा मात्रै ७० लाख वटा एसएमएस आदान-प्रदान गरेका छन्। दशैं र तिहारमा गरी २ करोडभन्दा बढी एसएमएस आदान प्रदान भएको छ।

तिहारको ४ दिन ९ देखि १३ गते सम्म मात्रै ७० लाख एसएमएस आदान प्रदान भएको टेलिकमले जनाएको छ। दशैंमा १ करोड २८ लाख एसएमएस भएको थियो।

दशैंमा आफन्त साथीभाई इष्टमित्र लगायतलाई एसएमएस मार्फत शुभकामना आदान प्रदान हुने गर्छ। यसरी एसएमएस मार्फत शुभकामना पठाउने प्रचलन बढिरहेको छ।

बिभिन्न सामाजिक सञ्जालको प्रयोग बढिरहेपनि एसएमएस मार्फत शुभकामना पठाउनेको संख्यामा कमी नआएको टेलिकमका सह प्रवक्ता कृष्ण भण्डारीले बताए।

ग्राहकको संख्यामा आएको बृद्धिसँगै एसएमएस प्रयोगमा बृद्धि भएको हो। साथै कम्पनीले चाडपर्वहरुमा उपलब्ध गराउने बिभिन्न सस्ता प्याकेजहले कारण पनि एसएमएस गर्नेको संख्या बढि भएको हो।