BIZMANDU
www.bizmandu.com

पूँजी बजारको जानकारी दिन ‘भिजिट नेप्से कार्यक्रम’, नेप्सेमा घुमाएर अन्तक्रिया पनि गरिने

२०७६ कात्तिक ८

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले 'भिजिट नेप्से कार्यक्रम' गर्ने भएको छ। पूँजी बजार सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको नेप्सेले जनाएको छ। 

नेप्सेले स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीलाई जानकारी दिने छ। कार्यक्रममा आम जनतालाई लक्षित गर्दै नेप्सेसँग सम्बन्धित पूँजी बजारका निकाय तथा प्रणालीका बारेमा जानकारी प्रदान गर्ने छ। कार्यक्रम निःशुल्क हुने छ। 

यसमा सहभागी हुन चाहनेले पहिले नै नाम, ठेगाना तथा विद्यार्थी सङ्ख्या सहित कार्यालयमा सम्पर्क गर्नु पर्ने छ। 

दोस्रो बजारका बारेमा आम सर्बसधारणले जानकारी पाउँदा कारोबारमा सहयोग पुग्नुको साथै चेतना अभिबृद्धि हुने नेप्सेको अपेक्षा छ।