BIZMANDU
www.bizmandu.com

टिभिएसले गर्यो एक्सचेन्ज एण्ड फाइनान्स मेला, शुन्य ब्याजमा फाइनान्स सुविधा

२०७६ कात्तिक ५

टिभिएसले गर्यो एक्सचेन्ज एण्ड फाइनान्स मेला, शुन्य ब्याजमा फाइनान्स सुविधा
टिभिएसले गर्यो एक्सचेन्ज एण्ड फाइनान्स मेला, शुन्य ब्याजमा फाइनान्स सुविधा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर” गरेको छ। मेलाको उद्घाटन नेपाली क्रिकेट टिममा भूतपूर्व कप्तान पारस खड्काले गरेका थिए।

मंगलबार सकिएको मेलाको प्रमुख आकर्षणनै  ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्ट र उत्कृष्ट फाइनान्स सुविधा थियो। कम्पनीले एक्सचेन्जमा १० हजार थप मूल्यांकनसहितको अफर समेत दिएको थियो। मेलामा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र हेलमेट, बाइक कभर र ब्याग उपहार पनि राखेको छ। मेलामा ब्राण्ड एम्बासेडर स्वस्तिमा खड्का समेत सहभागी थिईन्। कम्पनीले कुनैपनि पूरानो बाइक र स्कुटरको सट्टामा टिभिएस लिन सकिने सुविधा थियो।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने “हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं। यो योजना प्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ। यो फेयरले ग्राहकहरुलाई टिभिएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ।”