BIZMANDU
www.bizmandu.com

समाज लघुवित्तको पहिलो साधारणसभामै मर्जर प्रस्ताव, सुरुमै २००% हकप्रदको प्रस्ताव पनि

२०७६ कात्तिक ५

समाज लघुवित्तको पहिलो साधारणसभामै मर्जर प्रस्ताव, सुरुमै २००% हकप्रदको प्रस्ताव पनि
समाज लघुवित्तको पहिलो साधारणसभामै मर्जर प्रस्ताव, सुरुमै २००% हकप्रदको प्रस्ताव पनि

Tata
GBIME
Nepal Life

काठमाडौं। समाज लघुवित्त वित्तीय संस्थाले पहिलो वार्षिक साधारणसभामै मर्जरको विशेष प्रस्ताव अगाडि सारेको छ। अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने प्रकृया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सारेको हो।

कात्तिक २९ गते डाकिएको साधारणसभामा संस्थाले हालको चुक्ता पूँजी र जारी पूँजी बढाउने प्रस्ताव गरिने भएको छ। संस्थाको हालको चुक्ता पूँजी एक करोड १४ लाख रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकबाट अनुमति पाउँदा संस्थाको पूँजी संरचना संस्थापकतर्फ ५७ प्रतिशत र सर्वसाधारणतर्फ ४३ प्रतिशत हुने रहेको छ।

संस्थाले चालु आर्थिक वर्षमा सर्वसाधारण शेयर पूँजी निष्काशन गर्ने भएको छ। हाल कायम जारी पूँजीको ४३ प्रतिशत अर्थात ८६ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नेछ। पहिलो वार्षिक साधारणसभामै प्राथमिक शेयर निष्काशन लगत्तै दुई सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अगाडि सारिएको छ।

संस्थाले सर्वसाधारण शेयर निष्काशन गर्नु अघिनै कल इन एडभान्सको रुपमा संस्थापकहरुसँग दुई सय प्रतिशत हकप्रद शेयर उठाउने भएको हो। यो आधारमा संस्थाको पूँजी तीन करोड ४२ लाख रुपैयाँ कायम हुनेछ।

संस्थाले तीन वर्ष अगाडि संचालन अनुमति प्राप्त गरेको थियो। तीन जिल्लामा कार्यक्षेत्र हुने गरि अनुमति पाएको संस्थाले कार्यक्षेत्र विस्तार गरि प्रादेशिक स्तरिय बनाउने भएको छ। हाल दुई वटा जिल्लामा चार वटा मात्रै शाखा खोलेर वित्तिय कारोबार गरिरहेको संस्थाले चालु आर्थिक वर्षमा थप शाखा कार्यालय विस्तार गर्ने योजना बनाएको संस्थाका वरिष्ठ प्रवन्धक रोशन गुरुङले जानकारी दिए। संस्थाको प्रमुख कार्यकारी अधिकृत किशोर महतो छन्।