BIZMANDU
www.bizmandu.com

राजस्व अनुसन्धानले भिसिटिएसको चेकजाँच तीव्र बनायो, चार दिनमा ३ सय २६ मा चेकिङ

२०७६ कात्तिक ५

राजस्व अनुसन्धानले भिसिटिएसको चेकजाँच तीव्र बनायो, चार दिनमा ३ सय २६ मा चेकिङ
राजस्व अनुसन्धानले भिसिटिएसको चेकजाँच तीव्र बनायो, चार दिनमा ३ सय २६ मा चेकिङ

Tata
GBIME
Nepal Life

विराटनगर। कात्तिक लागेसँगै राजस्व अनुसन्धान कार्यालय इटहरीले मालवाहक साधनमा भिसिटिएसको अनुगमनलाई तीव्र बनाएको छ। 

सरकारले चालु आर्थिक वर्षको सुरुवातदेखि मालवाहक साधनमा भिसिटिएस अनिवार्य गरेको हो। असोज मसान्तसम्म व्यवसायीलाई सिक्न दिने समय भन्दै खुकुलो छाडिएको थियो। कात्तिक लागेपछि चेकजाँच तीव्र बनाइएको इटहरी कार्यालयका प्रमुख वेदराज फुयाँलले बताए।प्रमुख फुयाँलका अनुसार कात्तिक ४ गते साँझसम्ममा कार्यालयले ढुवानीका ३ सय २६ वटा साधनमा चेकजाँच गरेको छ।

जसमा ३ सय २ वटा गाडीले भिसिटिएस इन्ट्री गरेको पाइएको छ। चेकजाँचका क्रममा भिसिटिएस इन्ट्री नगर्ने २४ वटा मालवाहक साधनलाई इन्ट्री गराएर छाडिएको छ।

‘पहिलो चरणमा कसैलाई पनि दण्ड जरिवाना गरिएको छैन’, प्रमुखले भने, ‘यो कार्यान्वयनको फेज हो, त्यसैले इन्ट्री नगर्नेलाई सिकाएर इन्ट्री गराउनु जरुरी छ। इन्ट्री नगरेका र बाटामा फेला परेर कार्यालयका कर्मचारीका समन्वयमा इन्ट्री गर्ने मालवाहक साधनको अभिलेख हामीले राखेका छौँ।’यसरी अभिलेख राखिएका ढुवानीका साधनले फेरि पनि इन्ट्री नगरेको पाइएमात्र दण्ड जरिवाना गरिने उनको चेतावनी थियो।