BIZMANDU
www.bizmandu.com

दशैंमा सुनको कारोबार बढ्दा व्यवसायी उत्साहित, धनतेरसले अझै बढ्ने आशामा

२०७६ कात्तिक ५

दशैंमा सुनको कारोबार बढ्दा व्यवसायी उत्साहित, धनतेरसले अझै बढ्ने आशामा
दशैंमा सुनको कारोबार बढ्दा व्यवसायी उत्साहित, धनतेरसले अझै बढ्ने आशामा

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको भाउ आकासिएपछि कारोबारमा मन्दी आएको छ। कारोबारमा आएको मन्दीका कारण सुनचाँदी व्यवसाय गर्ने संकटमा परेका छन्।

भदौं महिनाभरि जम्मा १२ किलो सुन बिक्री भयो। भदौंमा तीज हुँदा समेत कारोबारले कुनै गति लिएन्। दशैंमा पनि सुनको कारोबार सामान्य समयजस्तै भयो। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य असारदेखि सुनको कारोबार डामाडोल भएको बताए। उनका अनुसार सुनको भाउ उकालो लागेपछि कारोबारमा मन्दी आएको हो।

असार मसान्तमा प्रति तोला ५७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ भदौं १० गते बढेर ७२ हजार ६ सय रुपैयाँ कायम भयो। असारको तुलनामा प्रति तोला सुनको मूल्य १५ हजार चार सय रुपैयाँ बढ्यो। सुन बढी बिक्री हुने तीजकै समयमा भाउ आकासिदा कारोबारमा मन्दी आयो। अहिले व्यवसायीलाई संचालन खर्च पनि धान्न मुस्किल भएको छ।

दशैंको आसपासमा सुनको भाउ तोलाको ७० हजार रुपैयाँ नजिक आयो। त्यो बेलामा सुनको कारोबार पनि केही बढ्यो। असोज पहिलो साता १२ किलो सुन बिक्री भयो। दशैंको मागका कारण व्यवसायी केही उत्साहित भएका छन्।

तिहारमा पनि धनतेरसका कारण कारोबार बढ्ने उनीहरुको अनुमान छ। महासंघका अध्यक्ष मोहन सुनारले धनतेरसमा सुनचाँदीको कारोबार बढ्ने अपेक्षा गरे।नेपाल बैंकर्स संघका अनुसार भदौं मसान्तसम्म ६ सय २० किलो सुन स्टक छ। सुन स्टक भएका आयात रोकिएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले जानकारी दिए।