BIZMANDU
www.bizmandu.com

मार्जिन कारोबार गर्न ८ वटा ब्रोकरले मात्रै नविकरण गराए, घट्ने क्रम नरोकिँदा आकर्षण कम

२०७६ कात्तिक ४

मार्जिन कारोबार गर्न ८ वटा ब्रोकरले मात्रै नविकरण गराए, घट्ने क्रम नरोकिँदा आकर्षण कम
मार्जिन कारोबार गर्न ८ वटा ब्रोकरले मात्रै नविकरण गराए, घट्ने क्रम नरोकिँदा आकर्षण कम

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट ८ वटा ब्रोकरले मात्रै मार्जीन कारोबार गर्ने अनुमतिपत्र नवीकरण गराएका छन्। 

नेप्सेबाट हालसम्म २१ वटा ब्रोकरले मात्रै अनुमतिपत्र लिएका छन्। अनुमति नवीकरण गराउनेमा क्रिष्टल कन्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट र दिपशिखा धितोपत्र छन्। अनुमति नवीकरण नगराई मार्जिन सुविधा प्रदान गर्न पाइँदैन। 

नियम अनुसार मार्जिन सुविधा प्रदान गर्न ब्रोकरको नेटवर्थ कम्तिमा पनि ५ करोड रुपैयाँ हुनु पर्छ। कारोबारको लागि नेपाल राष्ट्र बैंकबाट अनुमति लिनु पर्छ। अझै २९ वटा ब्रोकरले अनुमति लिएका छैनन्। ब्रोकरले आफ्नो नेटवर्थको दुई गुणासम्म मार्जिन सुविधा प्रदान गर्न सक्छन्।

दोस्रो बजार सुस्ताएसँगै ब्रोकरहरु मार्जिन सुविधाका लागि आकर्षित नदेखिएका हुन्। हिजोआज दैनिक शेयर कारोबार २० करोड रुपैयाँकै हाराहारीमा छ। शेयर बजार लगातार घट्ने क्रम नरोकिँदा लगानीकर्ताले मार्जीन सुविधाको माग गरिरहेका छैनन्। 

मार्जिन सुविधा अल्पकालिन लगानीकर्ताहरुले धेरै प्रयोग गर्छन्। बजार सुधार हुने संकेत देखिएसँगै सरसापट र ऋण गरेरै शेयर खरिद गर्ने लगानीकर्ताहरुबाट ब्रोकरले राम्रो मार्जिन कर्जा प्रवाह गर्न सक्छन्।