BIZMANDU
www.bizmandu.com

एन्टी–लक ब्रेकिङ सिस्टम भएको पल्सर एनएस-२०० बजारमा, मूल्य ३ लाख ३४ हजार रुपैयाँ

२०७६ कात्तिक ३

एन्टी–लक ब्रेकिङ सिस्टम भएको पल्सर एनएस-२०० बजारमा, मूल्य ३ लाख ३४ हजार रुपैयाँ
एन्टी–लक ब्रेकिङ सिस्टम भएको पल्सर एनएस-२०० बजारमा, मूल्य ३ लाख ३४ हजार रुपैयाँ

Tata
GBIME
Nepal Life

काठमाडौं। हशंराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) ल्याएको छ।

एन्टी–लक ब्रेकिङ सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ। एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्छ।

एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्छ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्छ।

एबीएस भएको पल्सर एनएस २०० को शुरुवाती मुल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुममा उपलब्ध छ।