BIZMANDU
www.bizmandu.com

८१ वटा कम्पनीको सूचीकरण खारेज गर्यो नेप्सेले, बुझाएनन् बार्षिक शुल्क, कारोबार गति सुस्त

२०७६ कात्तिक ३

८१ वटा कम्पनीको सूचीकरण खारेज गर्यो नेप्सेले, बुझाएनन् बार्षिक शुल्क, कारोबार गति सुस्त
८१ वटा कम्पनीको सूचीकरण खारेज गर्यो नेप्सेले, बुझाएनन् बार्षिक शुल्क, कारोबार गति सुस्त

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले एकै दिन ८१ वटा कम्पनीको सूचीकरण खारेज गरिदिएको छ। कम्पनीहरूले धितोपत्र नवीकरण शुल्क नबुझाएको कारण सूचीकरण खारेज गरिदिएको हो।

सूचीकरण वापत बार्षिक शुल्क बुझाउनु पर्छ। प्रत्येक बर्ष असोज मसान्तपछि कयौं कम्पनीहरुको सूचीकरण खारेज हुने गरेको छ। उनीहरुले पछि शुल्क बुझाएपछि कारोबार सुचारु हुन्छ। 

नेप्सेले लघुबित्त समूहमा सूचीकृत १९ कम्पनी, ट्रेनिङ समूहका तीन, होटेल समूहका २, उत्पादनमूलक समूहका ११, विकास बैंकका १८, बिमाका दुई, फाइनान्सका ११ र जलबिद्युतका १३ गरी ८१ कम्पनीको सूचीकरण खारेज गरिदिएको हो। 

नवीकरण शुल्क नबुझाएसम्म उनीहरूको कारोबार हुँदैन। 

समयमै सूचीकरण शुल्क बुझाउनेमा वाणिज्य बैंकहरु छन्। वाणिज्य बैंक समूहबाट कुनै पनि कम्पनी खारेजीमा परेका छैनन्। ८१ कम्पनीको सूचीकरण खारेजी भएका कारण दोस्रो बजारमा किनबेच सुस्त देखिएको छ।
 

DV.load(“https://www.documentcloud.org/documents/6501277-e349d5fb8aa4ec9c876182e85e35e38e.js”, {
width: 810,
height: 600,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-6501277-e349d5fb8aa4ec9c876182e85e35e38e”
});