BIZMANDU
www.bizmandu.com

एनएमबि क्यापिटलको ‘एनएमबि सुलभ फण्ड-१’ को सूचीकरण खारेज, ७७ प्रतिशत नगद वितरण

२०७६ कात्तिक ३

एनएमबि क्यापिटलको ‘एनएमबि सुलभ फण्ड-१’ को सूचीकरण खारेज, ७७ प्रतिशत नगद वितरण
एनएमबि क्यापिटलको ‘एनएमबि सुलभ फण्ड-१’ को सूचीकरण खारेज, ७७ प्रतिशत नगद वितरण


काठमाडौं। एनएमबि क्यापिटलले व्यवस्थापन गरेको सामूहिक योजना 'एनएमबि सुलभ फण्ड-१' को सूचीकरण खारेज भएको छ। 

Tata
GBIME
Nepal Life

योजना कात्तिक १ गतेबाट परिपक्व हुने भएकोले सूचीकरण खारेज भएको हो। नेपाल स्टक एक्सचेन्जले गत असोज ३० बाटै योजनाको सूचीकरण खारेज गरिदिएको हो। क्यापिटलकै अनुरोधमा नेप्सेले सूचीकरण खारेज गरिदिएको हो। 

पाँच बर्षे बन्दमूखी योजनाको आकार ७५ करोड रुपैयाँ थियो। योजना गत असोज ३० गते परिपक्व भएको हो। विगत पाँच वर्षदेखि सञ्चालन गर्दै आएको योजनाले ७७.१० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। 

आर्थिक वर्ष २०७२/७३ बाट प्रत्येक वर्ष लाभांश दिँदै आएको हो। पहिलोपल्ट उसले आर्थिक वर्ष २०७२/७३ मा २० प्रतिशत नगद लाभांश दिएको थियो। त्यसयता शेयर बजार घट्दो अवस्थामा रहेपनि उसले २०७३/७४ मा २१.०५ प्रतिशत लाभांश दिएको थियो। आर्थिक वर्ष २०७४/७५ मा उसको लाभांश दर २१.०५ प्रतिशत रहेको थियो भने २०७५/७६ मा लाभांश दर १५ प्रतिशत थियो। 

सुरुदेखि नै राम्रो प्रतिफल दिएको योजनाले अबको तीन महिनामा इकाइधनीको मूल लगानी फिर्ता गर्ने छ। उसले योजनामार्फत सङ्कलन गरेको रकमले गरेको लगानीलाई तरलतामा परिणत गरी ईकाइधनीलाई फिर्ता गर्ने छ। 

कम्पनीले लगानी गरेको सम्पतिको बिक्रीबाट आएको सबै रकम सम्पूर्ण ईकाइधनीहरुलाई नै फिर्ता गर्ने छ। जसले गर्दा इकाई धनीहरुले सुरुवाती दिनहरूमा गरेको मूल लगानीका अतिरिक्त रकम पाउने छन्।