BIZMANDU
www.bizmandu.com

एनएसीले चालु वर्षमा पनि वाइड बडीको ऋणको किस्ता तिर्न सकेन्, न्यारो बडीको भने समयमै

२०७६ कात्तिक ३

एनएसीले चालु वर्षमा पनि वाइड बडीको ऋणको किस्ता तिर्न सकेन्, न्यारो बडीको भने समयमै
एनएसीले चालु वर्षमा पनि वाइड बडीको ऋणको किस्ता तिर्न सकेन्, न्यारो बडीको भने समयमै

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायुसेवा निगमले वाइडवडीको चालु आर्थिक वर्षको पहिलो किस्ता र व्याज पनि भुक्तानी गर्न सकेन्। गत आर्थिक वर्षको सावा व्याज भूक्तानी गर्न नसक्दा कर्मचारी सञ्चयकोषले सो रकम बराबरको पूँजीकरण गरेको थियो।

चालु आर्थिक वर्ष पहिलो त्रैमासमा निगमले वाइडबडी जहाजको मात्रै ४० करोड २३ करोड रुपैयाँ किस्ता र व्याज तिर्नुपर्थ्यो।निगमले वाइडवडीको किस्ता तिर्न नसके पनि पूराना दुई वटा न्यारोवडी जहाजको किस्ता र व्याज वापत ३३ करोड रुपैयाँ भूक्तानी गरेको कर्मचारी संचय कोष लगानी विभाग प्रमुख अर्जुन कुमार गौतमले जानकारी दिए।

उनले भने 'निगमले दुईवटा न्यारो बडीको ३३ करोड रुपैयाँ किस्ता र व्याज भूक्तानी गरेको छ। तर गत वर्ष खरिद गरेको दुई वटा वाइडवडी जहाजको किस्ता भने बुझाएको छैन्।' गौतमले अन्तर्राष्ट्रिय उडान थप्न लागेकोले किस्ता तिर्ने अपेक्षा गरेको बताए।

निगमले जहाज किन्न कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण वापतको ब्याज तीन महिनामा १ अर्ब १३ करोड रुपैयाँ बुझाउनुपर्छ।