काठमाडौं। पहिलो त्रैमास समाप्त भएसँगै बाँकि रहेका ब्रोकर कम्पनीहरुले भटाभट मार्जीन सेवा सुरु गर्न थालेका छन्। लेखा परीक्षण लगायतका काम सकाएका कारण मार्जीन कारोबार सुरु गर्न तीब्रता दिएका हुन्। केही ब्रोकर कम्पनीले कारोबार नै सुरु गरिसकेको जनाएका छन् भने केही यथासक्य चाँडै सुरु गर्ने तयारीमा छन्।
मार्जीन कारोबारका लागि अनुमति पाएका ब्रोकर कम्पनीमध्ये कोहिनुर इन्भेष्टमेन्ट कम्पनीले शुक्रबारबाटै मार्जीन कारोबार सुरु गरेको जनाएको छ। 'हामीले शुक्रबारबाटै मार्जीन कारोबार सुरु गरेका छौ 'कम्पनीका सञ्चालक तथा नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले भने। उनका अनुसार, मार्जीन कारोबार गर्ने अनुमति पाएका ब्रोकर कम्पनीले सेवा सुरु गर्न अन्तिम तयारी गरिरहेका छन्।
सफ्टवेर निर्माण गरेको कम्पनीले शुक्रबार नै कारोबार गर्नै बिषयमा अभिमूखीकरण तालिम दिएको रानाभाटले जानकारी दिए। तालिमपछि सबै ब्रोकर कम्पनी मार्जीन कारोबार उपलब्ध गराउन सक्षम भएको रानाभाटको दावी गरे।
मार्जीन कारोबारकालागि अनुमति पाएको सेक्योर्ड सेक्युरिटिजले आइतबारबाट सेवा सुरु गर्ने जनाएको छ। कम्पनीका संञ्चालक सन्तोष मैनालीले आइतबारबाटै सेवा सुरु गर्ने जानकारी दिए। यसैगरी आर्यतारा सेक्युरुटिजले सेवा सुरु गरिसकेको जनाएको छ। सेवा प्रारम्भ गरेको भएपनि लगानीकर्ताले लिईभने नसकेको कम्पनीका संञ्चालक रामचन्द्र भट्टराइले जानकारी दिए। तर केही लगानीकर्ताले सम्पर्क गरिरहेकोले उनीहरुलाइ भने सेवा उपलब्ध गराउने अन्तिम तयारीमा कम्पनी रहेको भट्टराइको भनाई छ। उता दक्षिणकाली इन्भेष्टमेन्टले गत बुधबारबाटै सेवा सुरु गरिसकेको जनाएको छ। बिस्तारै सेवाप्रति लगानीकर्ताको सोधखोज बढ्दै गएको कम्पनीका संञ्चालक दिनेश सापकोटाले बताए।
यसअघि क्रिष्टल कंञ्चनजंगा सेक्युरिटिजले सबैभन्दा पहिले कारोबार सुरु गरिरसकेको छ। दोस्रोमा कारोबार सुरु गर्ने भिजन सेक्युरिटीले मार्जीन सेवा सुरु गरिसकेको छ। नेपाल स्टक एक्सचेञ्जबाट २१ ब्रोकर कम्पनीले मार्जीन कारोबार सुरु गर्ने अनुमति लिएका छन्। मार्जीन कारोबार सुरु भएसँगै ब्रोकर कम्पनीबाटै लगानीकर्ताले दोस्रो बजारबाटै शेयर खरिद गर्न ऋण पाउछन्।
क्र.स. |
मार्जीन कारोबार अनुमति प्राप्त ब्रोकर कम्पनीको नाम |
ब्रोकर नम्बर |
१ |
क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज |
५० |
२ |
सेक्युर्ड सेक्युरिटिज |
३६ |
३ |
कोहिनुर सेक्युरिटिज |
३५ |
४ |
भिजन सेक्युरिटिज |
३४ |
५ |
श्री कृष्ण सेक्युरिटिज |
२८ |
६ |
प्राइमो सेक्युरिटिज |
१६ |
७ |
नेपाल स्टक हाउस |
१४ |
८ |
दिपशिखा सेक्युरिटिज |
३८ |
९ |
प्रज्ञान सेक्युरिटिज |
१० |
१० |
सुन्धारा सेक्युरिटिज |
५२ |
११ |
सुमेरू सेक्यूरिटिज |
३९ |
१२ |
आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज |
५७ |
१३ |
नासा सेक्युरिटिज |
५८ |
१४ |
दिव्या सेक्यूरिटिज एण्ड स्टक हाउस |
५९ |
१५ |
इम्पेरियल सेक्यूरिटिज |
४५ |
१६ |
दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड |
३३ |
१७ |
अनलाईन सेक्युरिटिज |
४९ |
१८ |
डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज |
४४ |
१९ |
सिप्रवी सेक्युरिटिज |
२२ |
२० |
स्वेता सेक्युरिटिज |
२५ |
२१ |
निभ सेक्युरिटिज |
४७ |