BIZMANDU
www.bizmandu.com

सिभिल बैंकको नयाँ शाखा काठमाडौंको काँडाघारीमा, देशभर शाखा संख्या १ सय पुग्यो

२०७६ कात्तिक १

Tata
GBIME
Nepal Life

काठमाडौं। सिभिल बैंकले काठमाडौंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ।

बैंकका संचालक प्रतापजंग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले शाखाको संयुकत उद्घाटन गरे।

कार्यक्रममा मेयर कृष्णहरि थापाले काँडाघारी क्षेत्रको बैंकिङ गतिविधिलाई यस शाखाले थप उर्जा दिने बताए।

उद्घाटन समारोहमा सिभिल बैंकका प्रमु्ख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्राहकहरुको लागि बचत परिचालनका बिभिन्न योजना ल्याउने तथा स्थानीय अर्थतन्त्र विकासकालागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा बैंकले इन्फिनिटी एबिलिटी सेन्टरलाई २५ हजार रुपैयाँको सहयोऊ रकम हस्तान्तरण समेत गरेको थियो।

नयाँ शाखाबाट कारोबार सुरु भएसँगै देशभर सिभिल बैंकका शाखा संख्या १ सय पुगेको छ।