BIZMANDU
www.bizmandu.com

एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले भने-‘१० अर्ब लगानी भित्र्याउन पहल गर्छु’

२०७६ कात्तिक १

Tata
GBIME
Nepal Life

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले आफ्नो कार्यकालयमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउन पहल गर्ने बताएका छन्।

'यो जीत सबैको हो। सबैलाई एकतावद्ध बनाएर लैजान्छुु उनले भने,'आजैबाट १० अर्ब लगानी भित्र्याउन पहल गर्छु।' पन्तले सदस्यता शुल्क निशुल्क बनाउने प्रतिवद्धता जनाउँदै सबैले मतदानको व्यवस्था गर्ने प्रतिवद्धता जनाए।

उनले अनलाइनका माध्यमबाट घरघरमा भोट हाल्ने व्यवस्था गर्ने बताउँदै योग्य कामदार आपूर्ति गर्ने मुलुकका रुपमा स्थापित गर्ने बताए। पन्तले संघभित्रको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने समेत दृढता व्यक्त गरे। यो निर्वाचनमा पन्त नेकपा र कुल आचार्य नेपाली कांग्रेसको उम्मेदवारको रुपमा उठेका थिए।