BIZMANDU
www.bizmandu.com

निर्माण सामाग्री ढुवानी डिपोमा प्रहरीको छापा, ठगी गर्ने संचालकसँगै सवारी साधन नियन्त्रणमा

२०७६ कात्तिक १

Tata
GBIME
Nepal Life

काठमाडौं। गुन्डा सन्देश (बाघे) पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दी गर्दै आएका लामालाई शक्रवार नियन्त्रणमा लिएको हो।

स्वयम्भू, बालाजु लगायतका क्षेत्रमा तामाङले गुन्डागर्दी गर्दै आएका थिए। प्रहरीले तामाङलाई ठगी अभियोगमा नियन्त्रणमा लिएको हो। 'बालुवा गिटी लगायतमा ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको हो' महाशाखाका एसएसपी सहकुल थापाले भने।

तामाङलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो। तामाङ दीपक मनाङ्गे गुटमा रहेर गुन्डागर्दीमा सक्रिय रहँदै आएका थिए। 

गुन्डा नाइके तामाङ यसअघि पनि विभिन्न अभियोगमा ८ पटक भन्दाबढी पक्राउ परिसकेका छन्।

महाशाखाको टोलीले निर्माण सामाग्री विक्रि वितरण गर्ने १८ भन्दाबढी डिपोमा छापा मारेको छ। डिपोले ठगी गरेर सामाग्री विक्री गर्ने गरेको जानकारी पाएपछि छापा मारेको थियो। प्रहरी ठगी गर्ने डिपो संचालक र सवारी साधन समेत नियन्त्रणमा लिएको छ।