BIZMANDU
www.bizmandu.com

आरबिबी मर्चेन्टको प्रमुख कार्यकारीमा प्याकुरेल खुला प्रतिस्पर्धाबाट नियुक्त, चार बर्ष अवधि

२०७६ कात्तिक १

Tata
GBIME
Nepal Life

काठमाडौं। आरबिबी मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारीमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन्।

राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबिबी मर्चेन्टले असार १८ गते खुला प्रतिस्पर्धाबाट सिइओ माग गरेको थियो। 

आवेदन दिएकामध्येबाट प्याकुरेललाई नियुक्त गरिएको हो। उनी चार बर्षका लागि नियुक्त भएका हुन्।