BIZMANDU
www.bizmandu.com

भीभोको भी १७ प्रो मोवाइल बजारमा, ५२ हजार रुपैयाँको मोबाइलमा यस्ता छन् विशेषता

२०७६ असोज ३०

भीभोको भी १७ प्रो मोवाइल बजारमा, ५२ हजार रुपैयाँको मोबाइलमा यस्ता छन् विशेषता
भीभोको भी १७ प्रो मोवाइल बजारमा, ५२ हजार रुपैयाँको मोबाइलमा यस्ता छन् विशेषता

Tata
GBIME
Nepal Life

काठमाडौं। भीभो मोवाइलले नेपाली बजारमा आफ्नो फ्ल्यागसीप डिभाइस भी १७ प्रो सार्वजनिक गरेको छ।यो मोवाइलमार्फत प्रयोगकर्ताले फोटोग्राफीमा नयाँ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

बुधबार सार्वजनिक गरिएको मोवाइलमा ३२ मेगा पिक्सेलको डुअल पपअप क्यामरा जडान गरिएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार आठ जिबी र्‍याम र एक सय २८ जीबी आन्तरिक स्टोरेज समावेश  गरिएको यो मोवाइल क्रिस्टल ब्ल्याक र क्रिस्टल व्हाइट रंगमा उपलब्ध छ।

यो मोवाइलको नेपाली बजार मूल्य ५२ हजार चार सय ९० रुपैयाँ निर्धारण गरिएको छ। 'भी सिरीज पोर्टफोलियोमा भी १७ प्रोलाई जोड्न पाउँदा हामी हर्षित छौँ। यो सँगै क्यामरा इनोभेशनमा जोड दिँदै आएका छौँ। यसको क्यामराले प्रयोगकर्ताको अनुभवलाई उचाईमा पुर्‍याउनेछ। अब निकै कम उज्यालोमा पनि सेल्फी तस्विर लिन सकिनेछ।' भिभो नेपालका ब्राण्ड मेनेजर पेङ दालेले भने।

यो मोवाइलमा रहेको ३२ मेगापिक्सल र सुपर वाइड एंगल क्यामराले एक सय पाँच डिग्री सम्मको दृश्य कैद गर्न सकिने कम्पनीले जनाएको छ। 

मोवाइलमा क्याप्चर इन डिटेल, विङ दि वर्ल्ड क्लोजर, एआइ सुपर वाइड एंगल क्यामरा, २०:९  अल्ट्रा फलभ्यु डिस्प्ले ट्रुली अनइन्टरप्टेड, डुअल इन्जिन फास्ट चार्जिङ ब्याट्री, अल्टिमेट गेमिङ एक्पेरियन्स लगायतका आकर्षक सुविधा जडान रहेको कम्पनीले जनाएको छ।