BIZMANDU
www.bizmandu.com

स्मार्ट कार्ड नेपालले पायो सञ्चालन अनुमति, स्क्रयाच कार्ड र स्मार्ट वालेटबाट कारोवार गर्ने

२०७६ असोज ३०


नेपाल राष्ट्र बैंकले स्मार्ट कार्ड नेपाल प्रा लि लाई  भूक्तानी तथा बचत सेवा प्रदायकको अनुमति दिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले भूक्तानी तथा फर्छ्योड विनियमावली अनुसार बैंक बाट अनुमति पत्र (अपरेटिङ लाइसेन्स) पाएको हो।  अनुमति पाएसँगै चाँडैनै कारोबारमा जाने कम्पनीले जानकारी दिएको छ।

२०७१ सालमा स्थापना भएको स्मार्ट कार्ड नेपाल डिजिटल प्रविधीमा आधारित  पेमेन्ट एण्ड गेटवे कम्पनी हो।

कम्पनीले अत्याधुनिक प्रविधीको प्रिपेड स्क्रयाच कार्ड (स्मार्ट स्क्रयाच कार्ड) र डिजिटल वलेट (स्मार्ट वालेट) को माध्यम बाट सेवा प्रवाह गर्ने जनाएको छ।

प्रिपेड स्क्रयाच कार्ड मार्फत बैंक तथा बित्तिय संस्थामा रकम जम्मा गर्न तथा डिजिटल वालेट लोड गरि आफ्नो आर्थिक कारोवार गर्न सकिने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीले सम्पूर्ण प्रयोगकर्ता लाई बित्तीय  पहुँच पुर्याउउने, नगद कारोवार लाई क्यास लेस ट्रान्जेक्सनमा प्रोत्साहन गर्ने, सानो सानो पैसालाई समेत बैंकिङ च्यानलमा ल्याई बचत गर्ने बानीको बिकास गराउने र  ग्रामिण भेगमा समेत आफ्नो सेवा सञ्चालन गर्ने जनाएको छ।  कम्पनीले कारोवारको लागी वेब एप्लिकेसन र मोबाईल एप्लिकेसन समेत उपलब्ध गराई सकेको जानकारी दिएको छ।

कम्पनीको सञ्चालक अध्यक्ष प्रताप जंग पाण्डे रहेका छन्। अम्बिका प्रसाद पौडल,  चिरञ्जिवी थापा, तिलक बहादुर रानाभाट  सञ्चालक रहेका छन्।