BIZMANDU
www.bizmandu.com

बैंक वित्तीय संस्थामा ‘फर्स्ट क्वाटर’ को ‘क्लोजिङ’ दबाब, नाफा ३० प्रतिशतले बढ्ने अनुमान

२०७६ असोज ३०

बैंक वित्तीय संस्थामा ‘फर्स्ट क्वाटर’ को ‘क्लोजिङ’ दबाब, नाफा ३० प्रतिशतले बढ्ने अनुमान
बैंक वित्तीय संस्थामा ‘फर्स्ट क्वाटर’ को ‘क्लोजिङ’ दबाब, नाफा ३० प्रतिशतले बढ्ने अनुमान

Tata
GBIME
Nepal Life

काठमाडौं। चालु बर्षको पहिलो त्रैमासिकको अन्तिम दिन आज बैंक तथा वित्तीय संस्थामा साँवा तथा ब्याज असुली धमाधम भइरहेको छ। सरकारलाई पहिलो त्रैमासको कर बुझाउनु पर्ने भएकाले अन्य ब्यवसायिक प्रतिष्ठानहरुमा पनि आज उच्च दबाब छ।

अबेर रातीसम्म बसेर हिसाब मिलान गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई उर्दी नै जारी गरिएको छ। 

गत बर्ष असोजसम्म बैंकहरुले २६ प्रतिशतले ऋण बिस्तार गरेका थिए। यसपाली १५ प्रतिशतले मात्रै ऋण बढेर २६ खर्ब रुपैयाँ नाघेको छ। असोज तेस्रो साता सम्म मात्रै १०५ अर्ब रुपैयाँ ऋण बिस्तार भइसकेको छ। यसबाट ब्याज आम्दानी हुनेछ।

गत बर्षको असोजमा बैंकहरुले ३२ प्रतिशतले वितरणयोग्य नाफा बढाएका थिए। यसपाली पनि बैंकहरुले ३० प्रतिशत माथि नै नाफा बढाउन अनुमान गरिएको छ। 

बैंकको ऋण विभाग असुली विभाग अहिले ग्राहकहरुलाई फोन गर्न ब्यस्त छन्। 'आज अन्तिम दिन भएकाले क्लोजिङको दबाब उच्च छ' सनराइज बैंकका प्रमुख कार्यकारी जनक शर्मा पौडेलले बिजमाण्डूसँग भने।