BIZMANDU
www.bizmandu.com

एनआइविएलएसको खुलामूखी योजना खरीद बिक्री सुरु, सोमबार २८ सय इकाई बिक्री

२०७६ असोज २८

एनआइविएलएसको खुलामूखी योजना खरीद बिक्री सुरु, सोमबार २८ सय इकाई बिक्री
एनआइविएलएसको खुलामूखी योजना खरीद बिक्री सुरु, सोमबार २८ सय इकाई बिक्री

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआइबिएलएस क्यापिटलले ल्याएको खुलामूखी योजना खरिद बिक्री सुरु गरेको छ। योजना व्यवस्थापन गरी ल्याएको 'एनआइबिएल सहभागिता फण्ड'को खरिद बिक्री सुरु भएको हो।

क्यापिटलले इकाई बाँडफाँड भएको तीन महिनापछि सोमबारदेखि खरिद बिक्री सुरु गरेको हो। कारोबार सुरु गरेकै दिन सोमबार क्यापिटलले २८ सय इकाई बिक्री गरेको र १५ सय इकाई खरिद गरेको जनाएको छ।

क्यापिटलको इकाई सर्वसाधरणले खरिद बिक्री गर्न सक्छन्। यो इकाई एनआइबिएलएस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु विराटनगर, वीरगंज, लगनखेल, बुटवल, पोखराबाट खरिद बिक्री गर्न सक्छन्। क्यापिटलका अनुसार बिर्तामोड, लालबन्दी  ,वीरगंज, सिपाडोल, नारायणगढ, हेटौडा, नेपालगंज, तुलसीपुर र सुर्खेतबाट समेत कारोबार गर्न सकिनेछ।

क्यापिटलले गत जेठ १९ गतेदेखि असार १६ गतेसम्म इकाई बिक्री खुल्ला गरेको थियो। उक्त इकाई गत असार २५ गते बाँडफाँड भएको हो। फण्डले १० रुपैयाँ दरका २० करोड रुपैयाँ बराबरको दुई करोड इकाई ल्याएको थियो। इकाईमा सर्वसाधारणले न्यूनतम १० एक हजार रुपैयाँ देखि लगानी गर्न सक्छन्।