BIZMANDU
www.bizmandu.com

रामशरण महतको प्रशंसा गर्दै अर्थमन्त्री खतिवडाले भने- राष्ट्रिय हितमा पक्ष/प्रतिपक्ष हुँदैन

२०७६ असोज २८

रामशरण महतको प्रशंसा गर्दै अर्थमन्त्री खतिवडाले भने- राष्ट्रिय हितमा पक्ष/प्रतिपक्ष हुँदैन
रामशरण महतको प्रशंसा गर्दै अर्थमन्त्री खतिवडाले भने- राष्ट्रिय हितमा पक्ष/प्रतिपक्ष हुँदैन

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय हितमा पक्ष/प्रतिपक्ष नहुने बताएका छन्। गैरआवासीय नेपाली संघको सम्मेलनमा बोल्दै उनले पक्ष/विपक्ष नहुने ब्याख्या गरेका हुन्।

खतिवडाभन्दा अघि बोलेका पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको आर्थिक नीतिका बारेमा कुनै आलोचना गरेका थिएनन्। महतले आर्थिक विकासका लागि सरकार लागिरहेको हुनसक्ने भन्दै सकारात्मक मन्तब्य राखेपछि खतिवडाले सुरूवातमै अग्रज भन्दै महतको प्रशंसा गरेका थिए। 

खतिवडा उनै हुन्, जसले अर्थमन्त्री सम्हाल्नेवितिकै श्वेतपत्र जारी गर्दै मुलुकको अर्थतन्त्र खराब रहेको उल्लेख गरेका थिए। त्यसको दोस घुमाउरो पाराले महतलाई लगाएका थिए।

आर्थिक रूपान्तरण गर्नका लागि स्रोत र विचार प्रशोधन हुनुपर्ने उनले बताए। खतिवडाले फलाम खानी, पेट्रोलियम अन्वेषणमा गैरआवासीय नेपालीलाई लगानीको लागि आब्हानसमेत गरे।

अर्थमन्त्री खतिवडा हेजिङ कम्पनी खोलेर विदेशी विनिमयको जोखिम लिएर मुनाफा कमाउन सक्ने गरि आउन आग्रह गरे। 

उनले नाफा नहुने परियोजनामा समेत 'ग्याप फन्डिङ' गरेर नाफामा लैजाने गरि काम गर्न लागिएको बताए। अर्थमन्त्रीले पूर्वाधार, खानीजन्य, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानीका लागि आब्हान गरे। 

पर्यटनमा १० वर्षमा १० खर्बको लगानी आवश्यक रहेको जानकारी दिए। उनले नेपालमा लगानीको प्रतिफल उच्च रहेको बताउँदै विदेशी लगानीका उद्योगले औषतमा २५ प्रतिशत लाभांश लिइरहेको जानकारी दिए। 

खतिवडाले संघियता कार्यान्वयनको दुई वर्षमा धेरै समस्या हल भएको दावी समेत गरे। उनले प्राकृतिक स्रोत बाँडफाँडको मुद्दा बाँकी रहेपनि त्यो पनि केही दिनमै मन्त्रिपरिषदले टुंग्याउन लागेको बताए। 

प्राक‌तिक स्रोत बाँडफाँड सम्वन्धि कानुन अन्तिम चरणमा रहेको बताउँदै उनले पहिलो बर्ष नै करका समस्या समाधान भईसकेको बताए।