BIZMANDU
www.bizmandu.com

नेशनल लाइफको साधारणसभा २४ गते, शेयर संरचना परिवर्तन, ९ गतेसम्म किन्नेले भाग लिन पाउने 

२०७६ असोज २७

Tata
GBIME
Nepal Life

काठमाडौँ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १२औं वार्षिक साधारण सभाको मिति तय गरेको छ। कम्पनीले  कात्तिक २४ गते वार्षिक साधारण सभा डाकेको छ।

साधारणसभाका लागि कम्पनीले कात्तिक १० गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। कात्तिक ९ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले साधारणसभामान भाग लिन पाउने छन्। 

कम्पनीले साधारण सभामा पछिल्लो समय घोषणा गरेको लाभांश प्रस्ताव लैजाने छ। कम्पनीले विशेष प्रस्तावमा चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव लैजाने छ। कम्पनीले यही साधारण सभाबाट शेयर संरचना परिवर्तन गर्ने भएको छ। 

उसले हाल सर्वसाधारण तर्फको ३५ प्रतिशत रहेको शेयर हिस्सालाई बढाएर ४९ प्रतिशत पुर्या्उने र संस्थापक तर्फको ६५ प्रतिशत रहेको शेयर हिस्सालाई ५१ प्रतिशतमा झार्न प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव सभामा गर्ने छ।