BIZMANDU
www.bizmandu.com

नेपालको अर्थतन्त्रको बृद्धि दर घट्ने विश्व बैंकको प्रक्षेपण, बृद्धिदरमा पछाडि पर्न थाल्यो देश

२०७६ असोज २६

Tata
GBIME
Nepal Life

काठमाडौं। दक्षिण एसियामै अर्थतन्त्रको बृद्धि दर घट्ने प्रक्षेपण गर्दै विश्व बैंकले नेपालको पनि कम हुने जनाएको छ। यद्यपी नेपालको बृद्धि दर भने साढे ६ प्रतिशत हाराहारी हुनेछ।

सन् २०१९ मा ७.१ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको विश्व बैंकले अर्को बर्ष नेपालको बृद्धि दर घटेर ६.४ प्रतिशतमा आउने अनुमान गरेको हो। दक्षिण एसियाको बृद्धि दर भने ५.९ प्रतिशत हुने छ।

सरकारले भने साढे ८ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ। विश्व बैंकले 'फुट नोट' मा लेखेको छ- बढ्दो पर्यटक आगमन र उच्च सार्वजनिक खर्चका कारण सेवा र निर्मण क्षेत्रको गतिविधि बढ्ने छ। 

उच्च आर्थिक बृद्धि हुने दक्षिण एसियाली मुलुकहरुमा नेपाल चौथो देश हुने छ। चालु बर्ष नेपालको स्थान दोस्रो स्थानमा छ।