BIZMANDU
www.bizmandu.com

सबैलाई सार्वजनिक बिदा भएपनि शनिबार र आइतबार बैंक शाखा भने खुल्ने, यस्तो छ निर्देशन

२०७६ असोज २४


काठमाडौं। सरकारले आइतबार चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि बैंकका कर्मचारीलाई भने लागु नहुने भएको छ।

Tata
GBIME

चालु आर्थिक बर्षको पहिलो त्रैमास (असोज मसान्त) को राजश्व संकलन गर्नु पर्ने भएकाले सरकारी आग्रहमा राष्ट्र बैंकले बैंक बिदा नगर्न निर्देशन जारी गरेको हो।

राष्ट्र बैंकले असोज २५ गतेदेखि नै सार्वजनिक बिदा परे पनि बैंक खुला राख्न निर्देशन दिएको छ। बिदाका दिन पनि राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लयरिङ सम्बन्धि काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला गर्नु पर्ने छ।

बैंकहरुको राजश्व संकलन गर्ने शाखाहरु खुला हुनेछन्। अन्य शाखा भने बन्द हुनेछन्।