BIZMANDU
www.bizmandu.com

भारतको चर्चित कम्पनी रेनवेक्सीका पूर्व प्रमुख पक्राउ, कम्पनीको पैसा अन्यत्रै लगाएको आरोप

२०७६ असोज २४


नयाँदिल्ली। वित्तीय कारोबारमा गढवढी गरेको अभियोगमा भारतको चर्चित कम्पनी रेनवेक्सी ल्यावरोटोरिजका पूर्व प्रमुख कार्यकारी अधिकृत मलबिन्दर सिंह पक्राउ परेका छन्। उनले २३ अर्ब भारु हडपेको आरोप लागेको छ। उनी पाँचौं पटक पक्राउ परेका हुन्।

Tata
GBIME
Nepal Life

यसअघि रेनवेक्सीका पूर्व संस्थापक शिविन्दर सिंहलाई पनि दिल्ली प्रहरीको वित्त मामिला इकाइले पक्राउ गरेको थियो। उनीसँगै रेलिगेयरका पूर्व अध्यक्ष तथा प्रबन्ध निर्देशक सुनिल गोधवानी पनि पक्राउ परेका छन्। शिविन्दर र गोधवानीलाई ७ अर्ब ४० करोड भारु अपचलन गरेको आरोप लागेको छ।

उनीहरुलाई बयान लिनका लागि बोलाइए पनि प्रहरीले पछि पक्राउ गरेको थियो। यसको पुष्टी वित्त मामिला इकाइकी नायव प्रमुख बर्षा शर्माले गरेकी छिन्। अन्य दुई कवी अरोडा र अनिल सक्सेना पनि पक्राउ परेका छन्।

मलबिन्दर सिंह र शिविन्दर सिंह दाजुभाइ हुन्। दाजुभाइका बीचमा फोर्टिस हेल्थकेयर र रेलिगेयर इन्टरप्राइजको बिषयलाई लिएर बिबाद थियो। सेक्युरिटिज एक्सचेन्ज बोर्डले दुबै दाजुभाइसँग सम्बन्धित ८ फर्मबाट ४ अर्ब ३ करोड रुपैयाँ फोर्टिसको खातामा जम्मा गर्न निर्देशन दिएको थियो।

उनीहरुले फोर्टिसमा रहेको पैसा अन्यत्रै लगाएका थिए। उनीहरुलाई त्यसलाई मिलाउन हिसाबकिताव पनि गढवढी गरेका थिए।