BIZMANDU
www.bizmandu.com

दशैंमा नेपाल टेलिकममार्फत १ करोड २८ लाख एसएमएस आदानप्रदान, पोहोर भन्दा १८ लाख बढी

२०७६ असोज २४

दशैंमा नेपाल टेलिकममार्फत १ करोड २८ लाख एसएमएस आदानप्रदान, पोहोर भन्दा १८ लाख बढी
दशैंमा नेपाल टेलिकममार्फत १ करोड २८ लाख एसएमएस आदानप्रदान, पोहोर भन्दा १८ लाख बढी

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकममार्फत १ करोड २८ लाख एसएमएस शुभकामना आदानप्रदान भएको छ।दशैंमा साथीभारई र इष्टमित्रलाई एसएमएसमार्फत शुभकामना सन्देश पठाउने गरिन्छ।

 गत वर्ष १ करोड १० लाख एसएमएस शुभकामना आदानप्रदान भएको थियो। कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले टेलिकमको नेटवर्कमार्फत एसएमएस शुभकामना पठाउने बढेको बताईन्। टेलिकमको नेटवर्कमार्फत २०७४को दशैंमा ९१ लाख एसएमएस पठाएका थिए।

पछिल्लो समय फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, ट्विटर लगायत सामाजिक संजाल प्रयोग भएपनि एसएमएस बढ्नु सकारात्मक रहेको उनले बताइन्। कम्पनीको ग्राहक संख्या वृद्धि भएका कारण तीन वर्ष यता एसएमएस मार्फत शुभकामना सन्देश मसंख्या वृद्धि भएको उनले बताइन्।

'सन् २०१७ देखिको तथ्यांक हेर्ने हो भने दशैंमा एसएमएस फ्लो क्रमिक रुपमा बढ्दै गएको छ। ग्राहकको संख्या वृद्धि भएसँगै एसएमएस संख्या वृद्धि भएको हो। पछिल्लो समय सर्वसाधरण सामाजिक संजालमार्फत सन्देश प्रवाहमा सक्रिय देखिएपनि मोवाइल एसएमएस वृद्धि हुँदै हुनु सकारात्मक हो।' प्रवक्ता वैद्यले बिजमाण्डूसँग भनिन्।