BIZMANDU
www.bizmandu.com

टुबोर्ग ओपन सेसन्सका लागि रोहित र मनोज एक ठाउँ, २६ वटा नयाँ गीतमा सहकार्य गर्ने

२०७६ असोज २३

टुबोर्ग ओपन सेसन्सका लागि रोहित र मनोज एक ठाउँ, २६ वटा नयाँ गीतमा सहकार्य गर्ने
टुबोर्ग ओपन सेसन्सका लागि रोहित र मनोज एक ठाउँ, २६ वटा नयाँ गीतमा सहकार्य गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। लोकप्रिय संगीतकारहरु रोहित शाक्य र मनोजकुमार केसी संगीत कम्पोजरको रुपमा टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागि एक साथ भएका छन्। २६ वटा नयाँ गीतहरुका लागि उनीहरुले सँगै सांगीतिक सहकार्य गर्नेछन्।

प्रचलित कलाकार तथा ब्याण्डहरु जिन्दाबाद, त्रिशला गुरुङ्ग र शिब परियारसँग शाक्यले सांगीतिक सहकार्य गर्नेछन् भने केसीले मोक्तान परिवार र सन्जय श्रेष्ठसँग काम गर्नेछन्। उनीहरु दुवैले एउटा मुख्य कोल्याबोरेटिभ गीतमा विभिन्न कलाकारहरुसँग सांगीतिक सहकार्य गर्नेछन्।
केसी भन्छन्,“टुबोर्ग ओपन सेसन्स् सिजन १ निकै सफलतापुर्वक राम्रो र रमाईलो रह्यो। पहिलो सिजनमा मेरो धेरै कलाकारहरुसँग काम गर्ने अवसर मिल्यो। यस सिजनमा मेरो धेरै गीतमा काम गर्ने समय पनि मिलेको छ, पहिले भन्दा अझ राम्रो हुने आशा राख्छु।”

शाक्य भन्छन् ,“टुबोर्ग ओपन सेसन्स् सिजन २ मा गर्नु मेरो लागि एउटा नयाँअनुभवहो म सुट अघि एकैपटक उत्सुक र अलि चिन्तित थिए। कामहरु मैले सोचेको भन्दापनि राम्रो भएको छ। हामीले केहि ज्याज,मधुर र पुर्वीय शैलीमा सहकार्यहरु गरेका छौ र यी सहकार्यहरुले टुबोर्ग ओपन सेसन्स्को सारलाई राम्रो न्याय गरेको छ भन्ने लागेको छ । टुबोर्ग, आरबिट्ररी र विभिन्नकलाकारहरु बिचकोे यो ठुलो सहकार्य रहेको छ।”