BIZMANDU
www.bizmandu.com

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते नेपाल आउने, विभिन्न सम्झौतामा हस्ताक्षर हुने

२०७६ असोज २२

Tata
GBIME
Nepal Life

फोटो : GETTY IMAGES/CBS

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते शनिवार दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सीले असोज २५ र र २६ गते नेपालको राजकीय भ्रमण गर्ने उल्लेख गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपाल आउन लागेका हुन्। नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षिय वार्ता गर्नेछन्। दुवैजनाको उपस्थितीमा केही द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सी कै स्वागतका लागि दशैंको समयमा काठमाडौंलाई सजाउने काम भइरहेको छ। सडक कालोपत्रे गर्ने देखि लिएर सडक वरपर बगैंचा बनाउने सम्मका काम भइरहेका छन्। यस अघि सी नेपाल आउने भनिएपनि औपचारिक मिति तय भएको थिएन।