BIZMANDU
www.bizmandu.com

पहिलो महिला शेयर ब्रोकर सुचित्रा खनालको निधन, महिला सहभागिता बढाउन यस्तो थियो योगदान

२०७६ असोज २१

काठमाडौं। सेयर ब्रोकर सुचित्रा खनालको निधन भएको छ। पहिलो महिला ब्रोकरका रुपमा स्थापित सुचित्राको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

Tata
GBIME
Nepal Life

विगत २५ वर्षदेखि ब्रोकरको रुपमा काम गर्दै आएकी खनालको नेपाली शेयरबजारमा महिला सहभागिता बढाउन महत्वपूर्ण योगदान रहेको छ।

नेपालमा  महिलाको नेतृत्वमा रहेका ३ वटा मात्रै ब्रोकर हाउस छन्। ब्रोकर नं २५ को स्वेता सेक्युरिटिज सुचित्रा खनालको हो। ब्रोकर नं १८ सगरमाथा सेक्युरिटिजमा शारदा नेपाल र ब्रोकर नं ४१ लिञ्च स्टक मार्केटमा सरिता विष्ट नेतृत्वमा छिन् ।

२०५० साल देखि ब्रोकरको रुपमा काम गर्दै आएकी खनालले स्टक मार्केटमा महिला सहभागिता बढाउन हप्तामा १ दिन निःशुल्क जनचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने गरेकी थिइन्।  

डेढ वर्षदेखि क्यान्सरसँग संघर्ष गर्दै आएकी खनालको नेपालको स्टक मार्केटमा विशेष योगदान छ। सुचित्रा पूर्व अर्थ सचिव रामेश्वर खनालकी पत्नी हुन्।