BIZMANDU
www.bizmandu.com

भैरहवा सेजमा २२ उद्योगको उत्पादन र बिस्तार सुरु, पञ्चकन्या ग्रुपले चाँडै पाइप उत्पादन थाल्ने

२०७६ असोज २०

भैरहवा सेजमा २२ उद्योगको उत्पादन र बिस्तार सुरु, पञ्चकन्या ग्रुपले चाँडै पाइप उत्पादन थाल्ने
भैरहवा सेजमा २२ उद्योगको उत्पादन र बिस्तार सुरु, पञ्चकन्या ग्रुपले चाँडै पाइप उत्पादन थाल्ने


काठमाडौं। भैरहवा विषेश आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगले उत्पादन सुरु गरेका छन्। प्लास्टिक, स्टील, कागज उद्योग सहित २२ उद्योगले पूर्वाधार विकास गरी केहिले उत्पादन सुरु गरिसकेका छन् भने केहि उद्योग विस्तारमा व्यस्त छन्।

Tata
GBIME
Nepal Life

सो क्षेत्रमा शक्ति मिनरल्स् प्राली, एस प्लास्टिक प्रोडक्ट, एलईडी म्यानुफ्याक्चरिङ इन्डस्ट्रि ब्रिलियान्ट लाइजटिङ इन्डस्ट्रि प्राली, निर इन्डस्ट्रि प्राली, ग्रो वेल इनोभेसन प्राली, बुद्ध न्याप्किन एण्ड टिमिउ पेपर उद्योग आइडीएस इलेक्ट्रिक प्राली का उद्योग बिस्तार हुँदैछन्।

यसैगरी पञ्चकन्या पीभीसी पाइप प्राली, पञ्चकन्या स्टेनलेस स्टील ट्यान्क म्यानुफ्याक्चरिङ कम्पनी, पञ्चकन्या सीपीभीसी एण्ड पीपीआर पाइप एण्ड फिटिङ प्राली, पञ्चकन्या एचडीपीइ पाइप म्यानुफ्याक्चरिङ कम्पनी, क्रिएशन वर्ड वाइड प्राली, अरिबा अग्रिकल्चर प्राली, नेश्नल अर्गानिक प्राली, अरिहन्त एग्रो प्रोसेसिङ प्राली र कुराकानी अनलाईन प्रालीले उद्योग स्थापना गर्ने तयारी गरेका छन्।

विनोदकुमार श्रेष्ठ, दिपक कुमार झा लगायत व्यवसायीको लगानी रहेको शक्ति मिनरल्स प्रालीले २ पटक गरि २२ लाख रुपैंया भाडा प्राधिकरणलाई दिइसकेको छ। यो उद्योगले लाइमस्टोन उत्पादन गरी भारत निर्यात सुरु गरिसकेको छ। यो उद्योगमा करिब ४० करोड लगानी रहेको छ।

यस्तै राजेश कुमार अग्रवालको लगानी रहेको लाइट कम्पनीले पनि १ लाख ४४ हजारको दरले भाडा बुझाइसकेको छ।
विभिन्न एलइडी लाइटहरु उत्पादन गर्ने लक्ष्य लिएको एलइडी लाइट म्यानुफ्याक्चरिङ कम्पनीले उद्योगको ९० प्रतिशत काम सकिसकेको छ। सो उद्योगबाट केहि दिनै उत्पादन सुरु गरिने उद्योग सञ्चालक राजेशकुमार अग्रवालले बताए।

अग्रवालले भने -'हामीले उद्योग स्थापनाको कामलाई अन्तिम चरणमा पुर्याइसकेका छौं अब केहि दिनमै विभिन्न किसिमका एलइडी बल्बहरु उत्पादन सुरु गर्नेछौं। यो उत्पादनलाई हामी विस्तारै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजाने छौं।'

वार्षिक ३ लाख ६१ हजार भाडा प्राधिकरणलाई तिर्ने गरी अरिबा एग्रिकल्चल कम्पनी प्रालीले उद्योग स्थापनाको काम सुरु भैसकेको छ। यो कम्पनीले  विभिन्न किसिमका मसलाहरु उत्पादन गरिने कम्पनीका एक सदस्य प्रज्वल बोहराले बताए। सो कम्पनीले बेसार, अदुवा, दालचिनी, मरिच लगायत कच्चा पदार्थ प्रयोग गरि विभिन्न फ्लेभरको मशला उत्पादन गर्नेछ।

यस्तै पञ्चकन्या ग्रुपको उद्योग पनि स्थापनाको प्रक्रिया अघि बढिसकेको छ। सो ग्रपले वार्षिक ६ लाख १६ हजार भाडा प्राधिकरणलाई तिर्ने गरी क्षेत्र लिजमा लिएको छ। सो क्षेत्रमा पञ्चकन्या ग्रुपले पीभीसी पाइप, स्टील ट्यान्क लगायत सामाग्री उत्पादन गर्नेछ।
यसैगरी ग्रो वेल इन्नोभेसन प्रालीले पनि उद्योग विकासको काम गरिरहेको छ।

वार्षिक २ लाख ६४ हजार रुपैंया प्राधिकरणसँग जग्गा लिजमा लिएको प्रालीको काम केहि महिनामै सकिने सञ्चालक उमेश अग्रवालले जानकारी दिए।

यस्तै अन्य उद्योगहरुले पनि काम अघि बढाइरहेको प्राधिकरणका उपसचिव सुन्दर थापाले जानकारी दिए।

आर्थिक क्षेत्रले ६० प्रतिशत निर्यात गर्नु पर्ने

विशेष आर्थिक क्षेत्रमा सञ्चालित हुने उद्योगले आफ्नो उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था रहेको छ। ४० प्रतिशत उत्पादन भने स्थानीय बजारमा बिक्री गर्न पाउनेछ।

सरकारले निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्न विशेष आर्थिक क्षेत्रको विकास गरेको हो । सुरुमा ७५ प्रतिशत निर्यात गर्नु पर्ने व्यवस्था भएपनि उद्योगीहरुको आग्रहमा ऐन संशोधन गरी ६० प्रतिशत बनाइएको हो।

५२ बिगाहा क्षेत्रफलमा फैलिएको भैरहवा विशेष आर्थिक क्षेत्रमा सरकारले भौतिक पुर्वाधार विकास गरेर उद्योगलाई लिजमा प्रदान गरेको हो।
क्षेत्रमा सडक, विद्युत, ढल, पानी लगायतको पुर्वाधारको व्यवस्था गरिएको छ।

यो क्षेत्र ६९ प्लटमा विभाजन गरिएको छ। प्राधिकरणले यो क्षेत्र २० रुपैंया प्रतिवर्गमिटरले लिजमा दिएको छ।