BIZMANDU
www.bizmandu.com

दरबारमार्गमा एक्कासी देखियो अवन्ती कार! हत्तपत्त देख्न नपाइने यसको के छ विशेषता?


दरबारमार्गमा एक्कासी देखियो अवन्ती कार! हत्तपत्त देख्न नपाइने यसको के छ विशेषता?
दरबारमार्गमा एक्कासी देखियो अवन्ती कार! हत्तपत्त देख्न नपाइने यसको के छ विशेषता?

काठमाडौं। दरबारमार्गमा अष्टमीको दिन दिउँसो २ बजेतिर एउटा स्पोर्टी कारले धेरैको ध्यान खिच्यो। सुन्तला रङको यो कार हत्तपत्त बाहिर देखिन्न।

Tata
GBIME
Nepal Life

रेष्टुराँमा खाना खाइरहँदा मलाई पनि यो कारको लुक्सले नतान्ने कुरै थिएन। टेबुलमा बिसाएको क्यामरा हत्तपत्त झिकेर म ओर्लिइहालेँ रेस्टुराँबाट सडकमा। दरबारको दक्षिणी गेटबाट आएको कार कता जाला भन्ने कौतुहलता थियो। धन्न, गाडी महेन्द्रको शालीक घुमेर जताबाट आएको त्यतैतिर मोडियो। त्यही मौकामा केही क्लिक गर्न भ्याइहालेँ। हत्तपत्त नदेख्ने भएकाले यो गाडीतिर धेरैको नजर पुगेको थियो।

फोटो क्लिक गर्दा गाडीको मोडल मलाई याद भएन। पछि फोटो जुम गरेर हेर्दा देखेँ अवन्ती डीसी। फोटो कम्प्युटरमा खनाइरहँदा गुगलमा सर्च गर्न पनि भ्याइहालेँ। सन् २०१८ देखि नै यो गाडीलाई यसैगरी फाट्टफुट्ट सडकमा देख्नेहरुले फोटो अपलोड गर्ने गरेका रहेछन्। गाडीको नम्बर पनि गजबको बा २० च, १। गाडीको नम्बरले पनि अनुमान गर्न सकिन्छ यो जो कोहीले चढेको गाडी होइन।

स्टुडुबेकर कर्पोरेसनले सन् १९६२ मा बनाएको स्टुडुबेकर अवन्तीकै नामबाट यो कार भारतमा मोडिफाइड गरिएको रहेछ। सन् १९६२ र ६३ मा स्टुडुबेकर अवन्तीले अमेरिकामा तहल्का मच्चाएको रहेछ।

डीसी अवन्ती भने दिलिप छावरिया नेतृत्वको टीमले डिजाइन गरेको रहेछ। यसको आधार भने स्टुडुबेकर अवन्तीकै भएकाले नाम पनि अवन्ती राखिएको रहेछ। नयाँ दिल्लीमा सन् २०१२ मा भएको अटो सोमा यो मुख्य आकर्षक बनेको थियो। २ हजार सीसी क्षमताको यो कारमा चार सिलिन्डर र टर्बो चार्ज्ड पेट्रोल इन्जिन रहेछ। र, यसको उत्पादन पनि बन्द भइसकेको रहेछ।

यो कारको मूल्य सन् २०१५ मा भारतीय बजारमा ५० लाख भारु रहेछ। अब नेपालमा अनुमान गर्नुस् कति महँगो होला यो कार।