BIZMANDU
www.bizmandu.com

एनसेलले दशैंकालागि ल्यायो रिचार्जमा बोनस अफर, १५ दिनसम्म रिचार्ज थप सुविधा पाइने

२०७६ असोज १९

Tata
GBIME
Nepal Life

काठमाडौं । दशैंमा उपभोक्ताका लागि एनसेलले डाटा बोनसको अफर सार्वजनिक गरेको छ। एनसेलले एकसय रुपैयाँभन्दा माथिको रिचार्जमा डेटा बोनसको अफर दिएको हो।

यस अन्तर्गत एकसयदेखि हजार रुपैयाँसम्मको प्रत्येक रिचार्जमा एकसय एमबी देखि १ जिबी सम्म डेटा बोनस पाउनेछन् । यो योजना असोज १७ गतेबाट सुरु भइ १५ दिनका लागि संचालनमा रहने छ ।

एकसय ब्यालेन्स रिचार्ज गर्ने उपभोक्ताले बोनस स्वरुप एकदिनको लागि एकसय एमबी डेटा पाउने छन् । यस्तै दुईसय रिचार्ज गर्नेहरुले दुई दिन समय सीमा रहेको दुईसय एमबी र तीनसय को रिचार्जमा तीन दिनको समयावधि भएको तीनसय एमबी डेटा पाउने छन् ।

त्यसैगरी, ५ सयको रिचार्जमा ग्राहकले पाँच दिन भित्र प्रयोग गर्न मिल्ने  ५ सय एमबी डेटा प्राप्त गर्नेछन् भने एकहजारको रिचार्जमा १० दिन समयसीमा रहेको १ जिबी डेटा डेटा पाउने छन् ।