BIZMANDU
www.bizmandu.com

दशैंको बेला घरमै सेकुवा पोल्ने प्लान छ? धुँवा नआउने ब्रिकेट बन्न सक्छ कोइलाको बिकल्प

२०७६ असोज १७

Tata
GBIME
Nepal Life

दशैंमा मासुका विभिन्न आइटम घरमा नै बनाएर खाने गरिन्छ। मासु पोलेर, सेकुवा बनाएर वा अरु आइटम बनाउने सोच्नु भएको छ भने गाउँघरमा त दाउराको जोहो सजिलै होला शहरमा भने गाह्रो छ।

ग्याँसमा सेकुवा राम्रोसँग पाक्दैन, दाउरा किन्न समस्या । अझ भाडामा बस्नेहरुकालागि त घरमा आगो बाल्न नपाउने समस्या नै हुन्छ। तर मासुका भेराइटी बनाएरै खाने सोच छ भने उपयुक्त बिकल्प हो कोइला।

नेपालमै उत्पादित ब्रिकेटहरु मासुका परिकार पोल्नकालागि राम्रो विकल्प बन्न सक्छन्। धेरै धुँवा नआउने र खरानी पनि २ प्रतिशत मात्रै खरानी निस्किन्छ। ब्रिकेटलाई सानै स्थानमा पनि मकलमा राखेर बाल्न सकिन्छ।

बजारमा ४० रुपैयाँ किलोको दरमा खानीको कोइला किन्न  पाइन्छ। कलंकी, कालिमाटी, असन, बानेश्वर लगायतका स्थानमा सहजै किन्न सकिने कोइला हाल अत्यधिक प्रचलनमा रहेपनि यसमा धुँवा बढी हुने समस्या छ।

बजारमा दुई किसिमका कोईला पाईन्छ। एउटा दाउराबाट बनाइएको अर्को खानीबाट निकालिएको। ब्रिकेट भन्दा खानीको कोईला केही महङगो पर्छ। दाउराको भन्दा खानीको कोईलामा ताप बढि हुने धुवाँ र खरानी पनि कम हुन्छ।

नेपालमा पाइने ओक नामक जापानी कोइला पनि छ। यो कोइला स्वास्थ्यका हिसावले पनि अन्यको तुलनामा राम्रो मानिन्छ। ४ प्रतिशत मात्रै खरानी हुने र धुवाँरहित मानिन्छ। यसलाई कालो चारकोल पनि भनिन्छ।

नेपालमा भुटान, चीन, भारत, जापान लगायत देशबाट आयात गरिएका कोइला पाईन्छ। भारतीय कोइला आसाम र मेघालयबाट नेपाल आउँछ।