BIZMANDU
www.bizmandu.com

ठमेलको मेलरोजवारे टोस्टम्यान: पोर्क नकलदेखि चिकन कोर्डन ब्लीसम्म हरेक प्लेटमा देखिन्छ मेहनत

२०७६ असोज १७

ठमेलको मेलरोजवारे टोस्टम्यान: पोर्क नकलदेखि चिकन कोर्डन ब्लीसम्म  हरेक प्लेटमा देखिन्छ मेहनत
ठमेलको मेलरोजवारे टोस्टम्यान: पोर्क नकलदेखि चिकन कोर्डन ब्लीसम्म हरेक प्लेटमा देखिन्छ मेहनत

Tata
GBIME
Nepal Life

फुड लभरहरुलाई रेष्टुरेण्ट, होटल, त्यहाँ उपलब्ध हुने खाना, त्यो खानाको मेनु जस्ता जानकारी दिन बिजमाण्डूले टोस्टम्यान (फुडसम्वन्धी मोवाइल एप)सँगको साझेदारीमा यो सिरिज सुरु गरेको हो।

यसपटक टोस्टम्यान पेश गर्दछ, ठमेलको मुटुमा रहेको यूरोपियन स्ट्याण्डर्डको आभाष हुने कोर्टयार्डसहित डाइनिङ प्लेस–मेलरोज रेस्टुराँ एण्ड बार।

मेलरोजबारे नेपालका प्रख्यात फूड ब्लगर ‘फूड एक्सप्लोरर नेपाल’ भन्छन्, पर्यटकीय आकर्षणको दृष्टिकोणले काठमाडौंकै व्यस्त र प्रसिद्ध स्थानमा अवस्थित यस मेलरोज रेस्टुराँ एण्ड बार जोकोहीको पनि जानैपर्ने रेस्टुराँको सूचीमा पर्न सक्छ। रेस्टुराँको परिसरमा प्रवेश गर्ने वित्तिकै यहाँको वातावरणले शरीरलाई स्वाभाविक रुपमा आराम दिलाउँछ।

यहाँ तयार हुने परिकारका बारेमा कुरा गर्ने हो भने सबै परिकार मनै लोभ्याउने छन्। प्लेटमा आकर्षक तरिकाले सजाएर ल्याइएका परिकार हेर्दा क्रियटिभ लाग्छन्। हरेक परिकार बनाउन मेहेनत र प्रेम प्लेटमा उत्तिकै झल्किन्छन् पनि।

यहाँको मेन्युमा यस्ता परिकार पनि समावेश छन्, जुन काठमाडौं भ्यालीमा नै पाउन मुस्किल छ। ती परिकारमध्येको एक हो, ‘पोर्क नकल’। स्वादिलो गरी पकाइएको यो परिकारको बाहिरी भाग निकै क्रिस्पी हुन्छ, अनि भित्र नरम। खाँदा स्वादिष्ट लाग्ने यो परिकार हेर्दा नै रसिलो पनि देखिन्छ। त्यस्तै विभिन्न स्वादको साथमा पाइने ‘मेडिटेरिनियन मेज्जा’ले सबैलाई उत्सुक बनाउँछ। यो वास्तवमै एउटा उत्तम एपेटाइजर हो।

अनि क्लासिक परिकारमा ‘चिकन कोर्डन ब्ली’ र ‘कार्बानारा ओरिजिनल’। दुवै परिकार स्वादिष्ट त छन नै, त्यसमा क्रिम, चिज र मसलाको उत्कृष्ट सम्मीश्रण पनि छ। यी परिकारलाई तातै खाँदा स्वादको आनन्द अझ बढि लिन सकिन्छ।

हामी नेपालीका लागि भात भनेको खाना मात्रै होइन, जीवनशैली नै हो भन्ने कुरामा कसैको दुई मत नहोला। मेलरोजले यो कुराको पनि ख्याल राखेको छ। यहाँ भातका मात्रै पनि अनेक प्रकारका परिकार पाइन्छन्। जसमा ‘मेलरोज सर्फ एण्ड टर्फ’ एउटा हो।

यसमा भएको मासु र प्रानले भातको स्वादलाई अद्भुत बनाएको छ। यहाँको ‘क्यासिउ चिकेन’ पनि उत्तिकै मिठो छ। दुवै ग्रेभी परिकार हुन्। यसमा रसिला मासुका साथसाथै सवै प्रकारका स्वाद मिसाइएको छ जुन भातसँग अझै मिठो लाग्छ। यी परिकार खाएर कहिल्यै नमिच्छिने भान हुन्छ।

यहाँ जापानीज परिकार ‘ग्योजाज’ पनि पाइन्छ। हेर्दा नेपाली मोमो जस्तै देखिने यो परिकारको स्वाद भने केही फरक हुन्छ। अन्य मसलाविना लसुन र अदुवाको चटनीसँग खाँदा मात्रै पनि यो स्वादिलो हुन्छ। त्यस्तै नरम ‘ग्रिल्ड पोर्क’ चपाउन निकै सजिलो अनि, मस्तिष्कमा रहिरहने स्वाद भएको अर्को परिकार हो।

अनि यदि तपाई उत्कृष्ट स्वाद भएको बर्गरको खोजीमा हुनुहुन्छ भने मेलरोजसँग त्यसको पनि विकल्प छ। यहा पाइने ‘मेलरोज बर्गर’ उत्कृष्ट बर्गरमध्ये एक हो भन्दा फरक पर्दैन। यो बर्गर नेपालमा पाइने अन्य बर्गरभन्दा विल्कुलै फरक छ। यसमा प्याट्टिज, अनियन रिङ, चिज स्लाइस र लेट्युस तहतह गरी मिलाइएको हुन्छ। यसको साथमा फ्रेन्च फ्राइज पनि पाइन्छ। यो सबैभन्दा उत्कृष्ट बर्गर हो भन्ने कुरामा कुनै शंकै छैन।

अन्तमा गुलियो प्रेमीहरुका लागि पनि मेलरोजले विभिन्न प्रकारका डेजर्टको व्यवस्था गरेको छ। जसमा ‘एप्पल पाइ’, ‘मेलरोज ब्राउनी’, ‘रोयल चकलेट केक’ र ‘रसबेरी योगर्ट चिज केक’ अत्यन्तै मिठा डेजर्ट हुन्। यस्ता डेजर्टको स्वाद लिदा केकको स्वर्गमा तैरिरहेको अनुभूति हुनेछ। यहाँ रिफ्रेसर्सदेखि अल्कोहलसम्म सवै ड्रिंक पनि पाइन्छ।

मेलरोज रेस्टुराँ सवै प्रकारका जमघट र उत्सवको लागि उपयुक्त ठाउँ हो। किनकी यहाँको सेवा र वातावरण निकै नै उत्कृष्ट छ। टोस्टम्यान सवैलाई यो रेस्टुराँ सिफारिस गर्छ, एक पटक यहाँको स्वाद लिएपछि तपाईं पनि अरुलाई सिफारिश गर्न कत्ति पनि कन्जुस्याई गर्नुहुने छैन्।

मेलरोज रेष्टुरेण्टका वारेमा थप जानकारी लिन, त्यहाँको मेनु हेर्न, मूल्य सूची थाहा पाउन र दश प्रतिशत छुट पाउन टोस्टम्यान एप डाउनलोड गर्नुहोस्।  

यो सिरिजमा तपाईं पनि आफ्नो रेष्टुरेण्ट, लाउन्ज, बार, होटललाई सहभागी गराउन चाहनुहुन्छ भने  [email protected] वा [email protected] मा मेल गर्नुहोस्।