BIZMANDU
www.bizmandu.com

पर्यटकीय सिजन सुरु भएपछि काठमाडौंका पाँच तारे होटल भरिए, सबै होटलको ७०% भन्दा बढी अकुपेन्सी


पर्यटकीय सिजन सुरु भएपछि काठमाडौंका पाँच तारे होटल भरिए, सबै होटलको ७०% भन्दा बढी अकुपेन्सी
पर्यटकीय सिजन सुरु भएपछि काठमाडौंका पाँच तारे होटल भरिए, सबै होटलको ७०% भन्दा बढी अकुपेन्सी

Tata
GBIME
Nepal Life

काठमाडौं। पर्यटकीय सिजन सुरु भएपछि काठमाडौंका होटल भरिएका छन्। पछिल्लो दुई दिनमा पर्यटक आगमन बढेपछि काठमाडौंका तारे होटलको अकुपेन्सी ७० प्रतिशत भन्दा माथि छ।

पोखरामा पर्यटक नभएपछि होटल खाली रहेका बेला काठमाडौंका होटल भने खचाखच भएका छन्। काठमाडौंमा आएका पर्यटक घुम्नका लागि पोखरा, चितवन र भैरहवा लगायतका पर्यटकीय गन्तब्यमा जान्छन्।

एक होटल व्यवसायीका अनुसार यो वर्षको पर्यटकीय सिजनमा यही सातादेखि पर्यटक आउन थालेका हुन्। डेँगुको प्रकोपका कारण केही पर्यटकले आफ्नो भ्रमणनै रद्ध गरेका थिए भने केहीले पछि सारेका थिए। त्यसकै प्रभाव पर्यटकीय सिजनको सुरुवातमा परेको थियो।पाँच  तारे होटल 'हायात'मा अहिले अकुपेन्सी ७० प्रतिशत भन्दा माथि छ।

'अहिले पर्यटकिय सिजन सुरु भएसँगै होटलमा पर्यटकको आगमन बढिरहेको छ। एक/दुई दिनको अवधिमा होटलको अकुपेन्सी ७० प्रतिशत भन्दा माथि छ।  प्रि-बुकिङ गरेका पर्यटक धमाधम आउन थालेका छन्।' हायातका एक कर्मचारीले भने।

होटल अन्नपूर्णमा समेत ७० प्रतिशतकै हाराहारीमा अकुपेन्सी छ। होटलमा नोभेम्बर सम्मको लागि सबै बुकिङ भइसकेको छ।होटल याक एण्ड यतिमा यतिखेर ७० प्रतिशत अकुपेन्सी रहेको होटलले जनाएको छ। 'अहिले ट्रेकिङ सिजन सुरु भएको छ। विभिन्न मुलुकबाट ट्रेकिङ गर्ने पर्यटक आउन थालेका छन्। पर्यटकहरु आउने जाने क्रम जारी छ। सरदर ७० प्रतिशत बढी अकुपेन्सी छ।' होटलका विक्री विभागका एक कर्मचारीले बिजमाण्डूसँग भने। 

ठमेलस्थित अलोफ्ट होटलमा पर्यटक बढ्न थालेको होटलकी विक्री निर्देशक रिना शेरचनले जानकारी दिइन्। सिजन सुरु भएसँगै होटलको अकुपेन्सी बढेको र नोभेम्बरमा समेत उल्लेख्य बुकिङ रहेको उनले जानकारी दिईन्। 'हाम्रो होटल केही समय अगाडिदेखि संचालनमा आएको छ। होटल ढिलै संचालनमा आएपनि होटलमा पर्यटकहरुको बुकिङ उल्लेख्य छ।' उनले भनिन्।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले पाँच तारे होटलमा बुकिङ राम्रो रहेको बताए। उनका अनुसार काठमाडौंका सबै तारे होटलको अकुपेन्सी ६० प्रतिशतको हाराहारीमा छ। शाहले भ्रमण वर्ष २०२०को प्रचारप्रसारले पनि विस्तारै सकारात्मक प्रभाव पर्न थालेको बताउँदै सडक लगायतका पूर्वाधारमा ध्यान दिनुपर्ने बताए।