BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकको शाखा दशैं बिदामा पनि खुल्ने, यी शाखा खुला हुनेछन्

२०७६ असोज १६


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दशैं बिदामा पनि नगद काउन्टर सेवा दिने भएको छ। बैंकले असोझ १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाभित्रका र बाहिरका केही शाखा कार्यालय खोलेर सेवा दिने भएको हो।

Tata
GBIME
Nepal Life

बैंकले दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटीका साथै उपत्यकाबाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ।