BIZMANDU
www.bizmandu.com

शेयर बजारमा दशैंको ‘हरियो जमरा’, कारोबार रकम नबढे पनि सुचकमा साढे ८ अंकको सुधार

२०७६ असोज १६

शेयर बजारमा दशैंको ‘हरियो जमरा’, कारोबार रकम नबढे पनि सुचकमा साढे ८ अंकको सुधार
शेयर बजारमा दशैंको ‘हरियो जमरा’, कारोबार रकम नबढे पनि सुचकमा साढे ८ अंकको सुधार

Tata
GBIME
Nepal Life

काठमाडौं। दसैँ अघिको अन्तिम कारोबार दिन शेयर बजार बढेको छ। बिहीबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ८.६९ अङ्कले बढेर ११४९.४० अंकमा उक्लिएको छ।

बिहीबार कारोबार खुलेदेखि नै बजार बढ्दो क्रममा थियो। तर पहिलो आधा घण्टामै बजारले उल्टो गति समातेको भएपनि त्यसपछि बजारले सुधारको गति समात्दा सूचक बढ्दो क्रममा देखिएको हो। मन्द गतिमा चलेको बजारले बिस्तारै बढ्दो लय समातेको हो। 

कारोबार मापक सूचकमा वृद्धि देखिएपनि कारोबार रकम भने निकै कम रहेको छ। सुस्त गतिमा कारोबार भएका कारण समेत बजारमा कारोबार रकम कम भएको हो। 

बिहीबार पछिल्लो तीन घण्टामा जम्मा ६ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो। अन्तिम घण्टामा आएको सुधारले बिहीबार कारोबार रकम करिब १८ करोड रुपैयाँमा उक्लिएको हो।

बिहीबार ६ लाख ४७ हजार कित्ता शेयर १७ करोड ६६ लाख रुपैयाँमा कारोबार भयो। कारोबार रकमकै आधारमा सोल्टी होटेल अग्रपङ्गतिमा रहेको छ। तीन करोड १३ लाख रुपैयाँको कारोबार गर्दै सोल्टी होटेल पहिलो भएको हो। कारोबार रकमकै आधारमा सिद्धार्थ बैक दोस्रो भएको छ। उसको एक करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको हो। 

उपसूचक मिश्रित देखिएको छ। फाइनान्स बाहेक सबै उपसूचक बढेका छन्। फाइनान्स ०.५७ प्रतिशतले घटेको हो। बाँकी सबै उप सूचक सूचक बढेका छन्। सबैभन्दा बढी होटेल समूहमा १.२३ प्रतिशतको बढोत्तरी देखिएको छ।