BIZMANDU
www.bizmandu.com

प्रमुख पर्यटकीय सिजनमै छैनन् पर्यटक, व्यवसाय बन्द गरेर दशैं मनाउने मुडमा व्यवसायी

२०७६ असोज १६

प्रमुख पर्यटकीय सिजनमै छैनन् पर्यटक, व्यवसाय बन्द गरेर दशैं मनाउने मुडमा व्यवसायी
प्रमुख पर्यटकीय सिजनमै छैनन् पर्यटक, व्यवसाय बन्द गरेर दशैं मनाउने मुडमा व्यवसायी

Tata
GBIME
Nepal Life

पोखरा। अक्टोवर महिना पर्यटन व्यवसायीका लागि भ्याई नभ्याई हुने समय हो। आन्तरिक पर्यटकका लागि पनि दशैको मौसम सवै भन्दा उत्तम हो। लामो समय सम्म विदा हुने कारणले पनि आन्तरिक रुपमा पोखरा घुम्न आउनेको संख्या ठूलो थियो।

तर यो वर्ष त्यस्तो छैन । कतिपय व्यवसायी व्यवसाय वन्द गर्ने मुडमा छन्। यो वर्ष पर्यटन क्षेत्रको व्यवसाय अत्यन्त न्यून हुने अनुमान व्यवसायीहरुको अनुमान छ ।उनीहरुलाई यो वर्षको प्रमुख पर्यटकीय सिजन “न अक्टुवर न दशै आए जस्तो” भएको छ। संसारकै उत्कृष्ट पदमार्ग अन्नपुर्ण ट्रेकिङ्ग रुटको प्रस्थान विन्दुको रुपमा पनि पोखरालाई लिने गरीन्छ। जसले गर्दा पनि यो सिजन  आन्तरीक तथा वाह्य पर्यटकको रोजाईमा पोखरा पर्ने गर्छ।

ट्रेकिङ एजेन्सी एशोशियनका अफ नेपाल, टानका सह–सचिव उदय सुवेदी भन्छन् “गत वर्ष अक्टोवरको लागी अगष्ट महिना देखिनै पर्यटकहरुको वुकिङ्ग हुने गरेको थियो तर अहिले त्यस्तो छैन ।” उनका अनुसार यो वर्षको प्रमुख सिजनको व्यवसाय चौपट हुने पनि उनको अनुमान रहेको छ। उनले भने–“दशै चलिरहेको बेलामा मलाई आन्तरिक पर्यटकलाई विभिन्न होमस्टे तथा हाकिङको वुकिङ हुन्थ्यो। अहिले  आन्तरीक पर्यटन समेत बढेको छैन। प्रतिकुल मौसमका कारण पनि समस्या भएको होला।”

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि अहिलेको सिजन अफ सिजन भएको धारणा राख्छन्। उनी भन्छन्–“दशै अलि छिटो आयो जस्तो लाग्यो अहिले होटलको अकोपेन्सी जम्मा २५ देखी ३० प्रतिशत मात्रै छ।” यो सिजनमा शतप्रतिशत सम्म अकुपेन्सी हुन्थ्यो।  तर अहिले यो डेंगुका कारण  वुकिङ्ग सुन्य जस्तो भएको पनि उनको भनाई छ ।

अन्तर्राष्ट्रिय समुदायका केही संस्थाले नेपालमा डेंगु को प्रभाव वढिरहेको छ भनेर सूचना जारी गरेकोले समेत व्यवसायमा धक्का लागेको व्यवसायीको गुनासो छ।आन्तरिक पर्यटकका लागि भने यो सिजनमा सहज हवाई टिकट नपाउनु र सडक मार्ग अत्यन्त विग्रिएकोले समस्या भएको उनी बताउँछन्। उनका अनुसार पछिल्लो समय पदयात्रा जाने पर्यटक घटेको तुलाचनको ठहर छ। उनले भने–“जताततै सडक खोलेको छ। पहिला पहिला बीस दिन लाग्ने थोरोङला पास अहिले आठ दश दिनमै पास गर्छन्। यसले अब हाम्रा सीमित पद यात्रा हुने पो होकी भन्ने डर लाग्न थालेको वताउँछन्।”

उनका अनुसार भ्रमण वर्ष आउन केही महिना मात्र बाँकी छ तर अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली ध्वजावहाक नेपाल वायुसेवा निगमको उडान राम्रो छैन।  उनले भने–“बिदेशी पर्यटकले चारपाँच महिना अगाडि देखि योजना बनाउँछन्। तर हाम्रो सडकको अवस्थानै दयनीय छ।

”आन्तरिक पर्यटन प्रवर्द्धनका लागी विभीन्न ठाउँमा पुगेको गण्डकी प्रदेश प्रचार टोलीका सदस्य तथा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरीन्जीवी पोख्रेलका अनुसार केही महिनामा  पर्यटकले भरिभराउ हुनेछन्। लेकसाइडका पर्यटन व्यवसायी नरेश भट्टराईले पोखरामा भूकम्प र नाकाबन्दी भन्दा पनि पर्यटक न्यून रहेको बताउँछन्। उनका अनुसार भूकम्पका बेलामा होटलको अकुपेन्सी यो सिजनमा ७० देखि ८० प्रतिशत सम्म भएको थियो।