BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो, दुई दिनमै १७ सयले बृद्धि, तोलामा ७०९०० रुपैयाँ

२०७६ असोज १६

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको मूल्य फेरि बढ्न थालेको छ। बिहीबार प्रति तोला सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ। बिहिबारको लागि प्रति तोला सुनको मूल्य ७० हजार नौ सय रुपैयाँ तय गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

बुधवार प्रति तोला सुनको मूल्य ६९ हजार आठ सय रुपैयाँ रहेको थियो। दुई कारोबार दिनमा सुनको मूल्य १७ सय रुपैयाँले बढेको छ। यसअघि सुनको मूल्य ७३ हजार पाँच सय रुपैयाँसम्म उक्लिएको थियो। 

बिहीबार चाँदीको मूल्य समेत बढेको छ। एकै दिनमा प्रति तोला चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। बिहीबारको लागि प्रति तोला चाँदीको मूल्य आठ सय ५० रुपैयाँ तय गरिएको छ। 

बुधवार चाँदीको मूल्य आठ सय ३५ रुपैयाँ रहेको थियो। चाँदीमा समेत लगातार वृद्धि देखिएको छ। दुई कारोबार दिनमा प्रति तोला चाँदीको मूल्य २५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ।